बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

पीसीएममा कृषिको व्यावसायिकरणबारे चर्चा

पीसीएममा कृषिको व्यावसायिकरणबारे चर्चा


  • ढाेरपाटन संवाददाता
  • पुष ९ २०८२, बुधबार

पोखरा/पोखरा कलेज अफ म्यानेज्मेण्टको आयोजना तथा युनिभर्सिटी ग्राण्ट कमिसनको सहयोगमा एन्टरप्रोनियरशिप सपोर्ट प्रोग्राम अन्तर्गत ‘स्मार्ट एग्रोप्रेनरशिप एजुकेशन एण्ड टे«निङ्ग’ सम्पन्न भएको छ ।

पाँच दिनसम्म चलेको ४० घण्टे कार्यक्रममा व्यवसायिक कृषिका बारेमा तालिमसंगै सैद्धान्तिक पक्षबारे चर्चा भएको थियो । तालिमको छैठौं दिन सोमबार कार्यक्रममा सहभागी ३० विद्यार्थीहरुले आ–आफ्नों कृषि व्यावसायिक योजना प्रस्तुत गरे । तालिममा बिबिए, बिसीआइएसमा सातौं र आठौं सेमेष्टर पढ्दै गरेका तथा पछिल्लो पाँच वर्षका पास आउट विद्यार्थीले सहभागिता जनाएका हुन् ।

तीमध्येबाट छानिएका उत्कृष्ट पाँच सहभागीले नगद दश–दश हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । पुरस्कृत हुनेहरुमा अञ्जली पौडेल, प्रवास आचार्य, निशान क्षेत्री, दिपिका रिमाल र कृतिका पराजुली रहेका छन् । उनीहरुले विद्यार्थीलाई व्यावसायिक बनाउने उद्देश्यले यस्तो तालिम आयोजना गरेकोमा कलेजलाई धन्यवाद दिए । उनीहरुलाई कलेजका बिसिएस आइटी संयोजक ई.हरि बरालले बधाइसँगै शुभकामना व्यक्त गरे । कलेजका अध्यक्ष विनोद कायस्थले तालिमका सहभागी विद्यार्थीहरुलाई प्रमाण–पत्र प्रदान गरेका थिए ।

तालिममा उत्कृष्ट बनेका पाँच विद्यार्थीहरु काठमाडौंमा हुने अन्तिम प्रतियोगिताका लागि समेत छानिएका छन् । उत्कृष्ट हुनेले १ करोड सम्मको प्रस्तावमा ४० प्रतिशतसम्म विना ब्याज ऋण प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->