बागलुङ (खर्वाङ)/गण्डकी प्रदेश सभा सदस्य जित बहादुर शेरचनले आवश्यकताको आधारमा सिप सिकाउन सक्नुपर्ने चुनौती वर्तमानमा रहेको बताएका छन् । बडिगाड गाँउपालिका १ दगातुम्डाँडाको खड्ग देवी माविको ६५ औं वार्षिकोत्सवमा शेरचनले सो कुरा बताएका हुन ।
शेरचनले गुरुकुलबाट शुरु भएको शिक्षा अहिले एआईको अवस्थासम्म आईपुगेको भन्दै नौतिक र व्यवहारिक शिक्षा पनि अहिले विद्यार्थीहरुलाई दिन आवश्यक भएको सुनाए ।
बडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले पालिकाले विद्यालयको भौतिक पुर्वाधार निमार्णको लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरिन् । विद्यालयको डिपिआर बनाउन ११ लाखसहित माटो परिक्षणको लागि पालिकाले सहयोग गरेकोले बताउँदै अब भौतिक पुर्वाधार भन्दा गुणस्तरमा विद्यालयले ध्यान दिनुपर्ने बताईन् । पछिल्लो समय एआई प्रविधिको गलत प्रयोग बढ्दै गएको भन्दै अधिकारीले सिप सिकाई कार्यक्रम पनि विद्यालयमा संचालन गरिएकोले अबका विद्यार्थी सिपमा पनि अब्लल हुनुपर्ने बताईन् ।
वडाध्यक्ष बोमबहादुर थापाले वडाका सबै विद्यालयलाई प्रविधिमैत्री बनाउने आफुहरुको योजना रहेको सुनाए । थापाले वडामा खानेपानीको पनि समस्या रहेको बताउँदै त्यसको मार विद्यालयमा पनि परेको भन्दै यस आर्थिक वर्षलाई वडाले खानेपानी वर्षको रुपमा राखेर काम गर्ने तयारी गरेको बताए ।
विद्यालयका प्रध्यानाध्यापक बेद प्रसाद पोखरेलका अनुसार, बालविकासदेखि कक्षा १२ सम्म पढाई हुने विद्यालयमा ३१० जना विद्यार्थी अध्ययनरत छन् । विद्यालयले पुस ७, ८ र ९ गते विविध कार्यक्रमको साथमा आफ्नो वार्षिकोत्सव मनाएको हो ।
यसैबीच, वार्षिकोत्सवकै अवसरमा पालिकाको आईसिटि सहयोग कार्यक्रअन्तर्गत बडिगाड १ का पाँच विद्यालयलाई पाँच लाख बराबारको कम्पुटर समेत वितरण गरिएको छ । दगातुम्डाँडा प्रावि, कालिका प्रावि, खड्ग देवी मावि, सिद्धपुर प्रावि र माईस्थान प्राविलाई एक÷एक सेट कम्पुटर वितरण गरिएको गाँउपालिकाका उपाध्यक्ष भिमसेन बनले जानकारी दिए ।





