मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

न्याशन इन्भेन्टिभ स्कुलमा अंग्रेजी स्क्र्याबल क्लब गठन

न्याशन इन्भेन्टिभ स्कुलमा अंग्रेजी स्क्र्याबल क्लब गठन


  • ढोरपाटन संवाददाता
  • पुष १४ २०८२, सोमबार

पोखरा/ न्याशन इन्भेन्टिभ स्कूल बैदाम पोखरामा अंग्रेजी स्क्र्याबल क्लब गठन गरिएको छ। यस क्लबको अध्यक्षमा अनिमेष लामिछाने, उपाध्यक्षमा समिर क्षेत्री, र सचिवमा हर्षना श्रेष्ठ चयन भएका छन्। क्लबमा कुल ३२ जना सदस्यहरू रहेका छन्।

क्लबको गठन कार्यक्रम विद्यालयका संस्थापक तथा प्राचार्य श्रीमती उमा लामिछानेको विशेष उपस्थितिमा सम्पन्न भएको थियो। उक्त अवसरमा प्राचार्यले संपूर्ण पदाधिकारीहरूलाई शुभकामना दिँदै, स्क्र्याबल खेलमार्फत विद्यार्थीहरूको अंग्रेजी भाषागत क्षमता र दिमाग विकासमा योगदान पुर्‍याउने क्लब स्थापना गरिएकोमा खुशी व्यक्त गरिन् ।

विद्यालय प्रशासन प्रमुख कृष्णराज गुभाजुले नवगठित क्लबका सम्पूर्ण पदाधिकारीहरूलाई स्वागत गर्दै, अंग्रेजी सिक्न र दिमाग विकास गर्न सहयोग गर्ने स्क्र्याबल जस्ता खेलमार्फत नयाँ क्लब खोलिएकोमा खुशी व्यक्त गर्नुका साथै समय–समयमा स्क्र्याबल प्रतियोगिताहरू पनि आयोजना गर्ने बताए । त्यसैगरी विद्यालयका अंग्रेजी शिक्षक सिपी पोखरेलले अंग्रेजी स्क्र्याबलको महत्वबारे प्रकाश पार्दै स्क्र्याबल खेल्दा विद्यार्थीले नयाँ–नयाँ अंग्रेजी शब्द सिक्ने अवसर पाउने र यसले उनीहरूको शब्दभण्डार विस्तार गर्न सहयोग पुर्‍याउने बताए । यस खेलमार्फत स्पेलिङ (हिज्जे), उच्चारण र शब्द प्रयोग जस्ता भाषागत तत्त्वहरूमा पनि क्रमिक सुधार आउँने उनको भनाई थियो ।

 

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->