बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

जानकी मावि व्यवस्थापनको अध्यक्षमा बास्तोला

जानकी मावि व्यवस्थापनको अध्यक्षमा बास्तोला


  • ढाेरपाटन संवाददाता
  • पुष १७ २०८२, बिहिबार

पोखरा / जानकी माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा हरिप्रसाद बास्तोला सर्वसम्वत निर्वाचित भएका छन् । पोखरा महानगरपालिका वडा नं. १७ महतगौडामा अवस्थित सो विद्यालयमा भएको व्यवस्थापन समितिका सदस्यको एक भेलाले उनलाई अध्यक्षमा निर्वाचित गरेको हो ।

पोखरा १७ का वडाअध्यक्ष एवम् वडा शिक्षा समितिका अध्यक्ष राधिका कुमारी शाही योगीको उपस्थितिमा गठन गरिएको समितिको सदस्यमा सिता काप्mले भण्डारी, देवीलाल शर्मा भण्डारी, मुना श्रेष्ठ र नर्मदा केसी रहेका छन् ।
विद्यालयमा अध्ययनरत विद्यार्थीको अभिभावकको भेलाले तीन जान सदस्य र वडा शिक्षा समितिबाट दुई जना, विद्यालय प्रधानाध्यापक, वडाअध्यक्ष वा तोकिएको एकजना जनप्रतिनिधि, शिक्षक प्रतिनिधि, शिक्षक अभिभावक संघका अध्यक्ष र एक जना शैक्षिक व्यक्ति गरि नौ जनाको व्यवस्थापन समिति रहने व्यवस्था छ ।

कार्यक्रममा पोखरा १७ वडाअध्यक्ष शाहीले नवनिर्वाचित व्यवस्थापन समितिलाई बधाई ज्ञापन गर्दै शैक्षिक गुणस्तर कायम गर्न व्यवस्थापन समिति, शिक्षक, अभिभावक र विद्यार्थीको सामुहिक अपरिहार्य भएको बताइन् । पोखरा महानगरपालिकाको पहलमा जानकी माविमा अटिजम श्रोत कक्षासमेत सञ्चालन गरिएको बताउँदै यसको निरन्तरताका लागि सवैको साथ र सहयोग रहने उनको जोड थियो । सो अवसरमा प्रधानाध्यापक अर्जुन कडेलले विद्यालयको गतिविधिका बारेमा जानकारी गराएका थिए । शिक्षा समितिको तर्पmबाट वडा सदस्य शिवराम भण्डारीलाई वडा शिक्षा समितिले प्रतिनिधि तोकेको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->