पोखरा / काठमाडौं महानगरका मेयर बालेन शाहका नजिकका साथी खड्कराज पौडेल (गनेस पौडेल) राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्यमा मनोनित भएका छन् । रास्वपाले आइतबार थपेका ३३ जना केन्द्रीय सदस्यमा पौडेल पनि परेका हुन् । पौडेल पोखराका स्थापित युवा, लेखक तथा सामाजिक अभियन्तासमेत रहेका छन् ।
बालेन टीम र विवेकशील साझा पार्टीको पृष्ठभूमिबाट आएका व्यक्तित्वहरूलाई समेट्दै रास्वपाले केन्द्रीय समिति विस्तार गरेको हो । पौडेल बालेन टीमको कोटाबाट केन्दी्रय सदस्यमा परेका हुन् । गनेस पौडेलले पोखरामा दलीय सिन्डिकेट र बेथितिविरुद्ध ‘अटेरी अभियान’ सञ्चालन गरेका र यही अभियानको जगमा उभिएर उनले २०७९ सालको स्थानीय तहको निर्वाचनमा पोखरा महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका थिए । उनको चुनाव चिन्ह लौरो थियो । मखभचतष्कझभलत





