बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

लक्ष्मी माविमा दुई करोेडको लागतमा पुस्तकालय भवन निर्माण हुने

लक्ष्मी माविमा दुई करोेडको लागतमा पुस्तकालय भवन निर्माण हुने

लायन्स क्लव इन्टरनेशनलको अनुदान, विद्यालय र स्थानीय सहयोगमा पुस्तकालय भवनको निर्माण हुन लागेको हो ।


  • ढोरपाटन संवाददाता
  • पुष २३ २०८२, बुधबार

पोखरा/पोखरा महानगरपालिका वडा नं. २६ को लक्ष्मी माध्यामिक विद्यालयमा झण्डै दुई करोड रुपैयाको लागतमा पुस्तकालय भवन निर्माण हुने भएको छ ।

लायन्स क्लव इन्टरनेशनलको अनुदान, विद्यालय र स्थानीय सहयोगमा पुस्तकालय भवनको निर्माण हुन लागेको हो ।

भवनको सोमबार शिलन्यास गर्दै, पोखरा महानगरपालिका वडा नं. २६ का अध्यक्ष नरेन्द्र थापाले, पुस्तकालयको निर्माणपछि विद्यार्थी, शिक्षक र समुदायको शैक्षिक गुणस्तर सुधारका लागि कोशे ढुंगा सावित हुने उल्लेख गरे ।

वडा अध्यक्ष थापाले पूर्व विद्यार्थीहरुको सहयोगले सामुदायिक विद्यालयको सुधारमा महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले पूर्वविद्यार्थीहरु जो जहाँ भएपनि आफू पढेको विद्यालयले आफुलाई दिएको शिक्षाको स्मरण गरेमात्र ठूलो सहयोग मिल्ने धारणा राखे ।

अध्यक्ष थापाले पुस्तकालय निर्माणपछि त्यसमा आवश्यक पाठ्य तथा सूचना प्रविधिका सामग्रीका लागि सहयोग गर्न पूर्वविद्यार्थीहरुलाई आह्वानसमेत गरेका छन् ।

कार्यक्रममा लायन्स क्लव अफ इन्टरनेशनल ३२५ आईका निर्वतमान गर्भर विनोद ढुंगानाले आफुले अध्ययन गरेको विद्यालयमा लायन्स क्ललमार्फत् जोडिन पाउँदा खुसी लागेको बताए । उनले आफु डिस्ट्रीक गर्भनर हुँदा परिकल्पना गरेको कार्यक्रम लायन्सको अन्तराष्ट्रिय फण्डमार्फत् संभव भएको जानकारी दिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खेमबहादुर गुरुडको अध्यक्षतामा भएको भवन शिलन्यास कार्यक्रममा विद्यालयका प्रधानाध्यापक जगन्नाथ अधिकारी र निर्माण व्यवसायी भक्त बहादुर बानियाले निर्धारित समयमा काम सकिनेमा विश्वस्त रहन आग्रह गरे ।

लायन्स क्लव इन्टनरनेशनल ३२५आईमार्फत् प्राप्त परियोजनाको लागत एक करोड ९७ लाख रुपैया रहेको छ । भवन निर्माणका लागि लायन्स फाउण्डेसनबाट एकलाख अमेरिकी डलर अनुदान प्राप्त भएको छ भने बाँकी रकम विद्यालय र स्थानीय सहयोगदाताले जुटाउने विद्यालयका प्रधानाध्यापक अधिकारीले जानकारी दिए ।

भवन टिम वान कन्स्ट्रक्सन कम्पनीले आठ महिनामा सम्पन्न गरी विद्यालयलाई हस्तान्तरण गर्नेछ । भवन निर्माणका लागि लायन्स क्लव अफ पोखरा अर्घौंले समन्वय गरेको निर्वतमान गर्भनर ढुंगानाले जानकारी दिए ।

भवन सिलन्यास कार्यक्रममा लायन्स क्लव इन्टरनेशनल ३२५ आई का लिडर, विद्यालयका शिक्षक, कर्मचारी, स्थानीय समाजसेवी, शिक्षाप्रेमी, जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->