बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

गण्डकीमा गठबन्धनबाट जगत र सम्झनाको उम्मेदवारी

गण्डकीमा गठबन्धनबाट जगत र सम्झनाको उम्मेदवारी


  • ढाेरपाटन संवाददाता
  • पुष २३ २०८२, बुधबार

पोखरा / आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि गण्डकी प्रदेशमा गठबन्धनका उम्मेदवारहरूले उम्मेदवारी दर्ता गराएका छन् ।  नेपाली कांग्रेस र नेकपा एमाले गठबन्धनबाट कांग्रेसका जगत तिमिल्सिना र एमालेकी सम्झना देवकोटाले निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन दर्ता गराएका हुन् ।

गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र एमाले सचिव खगराज अधिकारीको नेतृत्वमा उनीहरू मनोनयन दर्ता गराउन निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए । राष्ट्रिय सभा चुनावमा कांग्रेस र एमालेबीच गठबन्धन गर्न सहमति भएको छ । सोही सहमति अनुसार तिमिल्सिना र देउवकोटाले उम्मेदवारी दर्ता गराएका हुन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->