बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

गण्डकीमा राष्ट्रिय जनमोर्चाका बराल र बाँस्कोटाको राष्ट्रिय सभामा उम्मेदवारी दर्ता

गण्डकीमा राष्ट्रिय जनमोर्चाका बराल र बाँस्कोटाको राष्ट्रिय सभामा उम्मेदवारी दर्ता


  • ढाेरपाटन संवाददाता
  • पुष २३ २०८२, बुधबार

पोखरा / आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि राष्ट्रिय जनमोर्चाले गण्डकीमा २ जनाको उम्मेदवारी दर्ता गरेको छ । उम्मेदवारी दर्ता गर्नेमा शंकरप्रसाद बराल र लक्ष्मी बाँस्कोटा रहेका छन् ।

गण्डकीमा अन्यतर्फ तत्कालीन माओवादीका नारायणकाजी श्रेष्ठ र महिलातर्फ एमालेकी भगवती न्यौपानेको कार्यकाल २० फागुनमा सकिँदै छ । अन्यतर्फ उम्मेदवार दिएका बराल जनमोर्चाका प्रदेश अध्यक्ष हुन् । महिलातर्फकी उम्मेदवार बाँस्कोटा अखिल नेपाल महिला संघकी केन्द्रीय उपाध्यक्ष हुन् । अधिवक्ता समेत रहेकी उनी ०७४ मा बागलुङ नगरपालिका वडा नम्बर ३ को अध्यक्ष निर्वाचित भएकी थिइन् । बराल र बाँस्कोटाले पार्टीको मत संरक्षण गर्न उम्मेदवारी दिएको बताए । गण्डकीमा जनमोर्चाको दुई पालिका अध्यक्ष र दुई उपाध्यक्षको मत रहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->