शुक्रबार, भाद्र ५ २०८३

शुक्रबार, भाद्र ५ २०८३
  • ५ भाद्र २०८३ , शुक्रबार
  • August 21 2026

यी हुन् एमाले गण्डकीबाट १८ निर्वाचन क्षेत्रमा सिफारिस भएका उम्मेदवारहरु

यी हुन् एमाले गण्डकीबाट १८ निर्वाचन क्षेत्रमा सिफारिस भएका उम्मेदवारहरु

तीन निर्वाचन क्षेत्रमा एकल सिफारिस


  • ढोरपाटन संवाददाता
  • पुष २५ २०८२, शुक्रबार

पोखरा / आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमाले गण्डकी प्रदेश कमिटीले प्रदेशअन्तर्गत १८ वटै निर्वाचन क्षेत्रका उम्मेदवार आकांक्षीहरूको नामावली पार्टी केन्द्रमा सिफारिस गरेको छ ।

प्रदेश सचिव धनञ्जय दवाडीका अनुसार प्रत्येक जिल्लाका निर्वाचन क्षेत्रिय कमिटी र जिल्ला कमिटीहरूबाट सिफारिश भइ आएका उम्मेदवारहरुका आकाँक्षीहरुलाई रायसहित जस्ताको तस्तै केन्द्रीय कमिटीमा पठाइएको छ ।

गण्डकी प्रदेशका १८ वटै निर्वाचन क्षेत्रका लागि १ सय २१ जनाको नाम सिफारिस गरिएको हो । सिफारिश भएकामा सबैभन्दा धेरै कास्कीबाट ३२ जना, स्याङजाबाट २१ जना र तनहुँबाट १८ जना आकांक्षी छन् । केन्द्रीय कमिटीले सिफारिसका आधारमा यिनै नामबाट अन्तिम उम्मेदवारको टुंगो लगाउने जनाएको छ ।

सिफारिस गरिएका १८ क्षेत्रमध्ये तीन वटा निर्वाचन क्षेत्रमा एमालेले एकल नाम सिफारिस गरेको छ । नवलपुर–२, बागलुङ–२ र मनाङमा एकल नाम सिफारिस भएको गरिएको छ । नवलपुर–२ बाट तिलक बहादुर महत क्षेत्री, बागलुङ २ बाट मञ्जु शर्मा चालिसे र मनाङबाट पोल्देल छोपाङ गुरुङको नाम एकल सिफारिस भएको प्रदेश सचिव दवाडीले जानकारी दिए । एकल सिफारिस भएका क्षेत्रमा सोही नाममा निर्णय हुने एमालेले जनाएको छ ।

कास्कीको क्षेत्र नम्बर १ बाट निवर्तमान सांसद मनबहादुर गुरुङसहित अध्यक्ष बैन बहादुर अधिकारी क्षेत्री, पदम प्रसाद पौडेल, पुष्पज्योति ढुङ्गाना, टीकाराम पंगेनी, बालासिंह काउचा मगर, दिलीप न्यौपाने र नारायणी भट्टराई सिफारिस भएका छन् ।

क्षेत्र नम्बर २ बाट कास्की इन्चार्ज कृष्ण बहादुर थापा, प्रभा कोइराला, रश्मी आचार्य, मिना कुमारी गुरुङ, संजीव बहादुर कोइराला, भेषराज उपाध्याय, झपट रानाभाट, बलराम आचार्य, केशव प्रसाद आचार्य, तेज नारायण अधिकारी र राम प्रसाद सुवेदी सिफारिस भएका छन् ।

क्षेत्र नम्बर ३ बाट पनि निवर्तमान सांसद दामोदर वैरागीसहित नेताहरू जगत बहादुर विश्वकर्मा, राजीव पहारी, धन बहादुर नेपाली, देवी प्रसाद सुवेदी, डिल बहादुर नेपाली, सूर्य खड्का विखर्ची, नन्दलाल अधिकारी, कर्ण बहादुर गुरुङ, माधव बास्तोला, ओम प्रसाद सुवेदी, लक्ष्मण बराल र भोज कुमारी थापा सिफारिस भए । नवलपुर–१ मा रवीन्द्र अधिकारी, डा। गोपाल खनाल, भागिरथ सापकोटा, सागर न्यौपाने, गोपेन्द्र केशरी न्यौपाने, तिलोत्तम पौडेल र हरी प्रसाद न्यौपानेको नाम छ ।

तनहुँ–१ बाट भगवती न्यौपाने, प्रतापलाल श्रेष्ठ, राम बहादुर गुरुङ, प्रेम कुमार राना, पूर्ण बहादुर गुरुङ, मोहन सुनार, अनिल पाण्डे र शोभा गुरुङ तथा २ बाट केदार सिग्देल, किरण गुरुङ, हरिराज कँडेल, राजेश्वर ढकाल, रामचन्द्र उपाध्याय, नारायण खनाल, बाबुराम सुनार, रत्ना देवी घिमिरे, विष्णु अधिकारी पराजुली र चन्द्रकला पौडेल सिफारिस भए ।

स्याङ्जा १ बाट मिनप्रसाद गुरुङ, नारायण प्रसाद मरासिनी, सीमा कुमारी क्षेत्री, टेकु नेपाली, ईश्वरी सिग्देल अर्याल र पिताम्बर खनाल तथा २ बाट खिम बहादुर थापा, सूर्य प्रसाद गैह्रे (पारस), रामचन्द्र भट्टराई, उदय श्रेष्ठ, महेन्द्र थापा मगर, किशोर विक्रम मल्ल, मोहन रेग्मी, भूपराज अधिकारी, डा। बुद्धिमान श्रेष्ठ, शोभियत ढकाल, नासिर खाँ, खगिसरा थापा, विश्वनाथ अर्याल, दिपेन्द्र रेग्मी र ऋषि कँडेल सिफारिस भएका प्रदेश कमिटीले जनाएको छ ।

गोरखाको क्षेत्र नम्बर १ बाट अमिर काजी, आरसी लामिछाने, कृष्ण प्रसाद काप्री, चेत बहादुर रोकाया, विशाल थापा, डा. भोजराज बगाले र देवी थापा तथा क्षेत्र नम्बर २ बाट मिलन गुरुङ (चक्रे मिलन), बाबुराम थापा, शशिकला देवकोटा, अब्दुस सलाम मियाँ, कमल दानी र बसन्त गुरुङ सिफारिस भएका छन् ।

लमजुङबाट पृथ्वी सुब्बा गुरुङ, जमिन्द्रमान घले, धनञ्जय दवाडी, कृष्ण प्रसाद अधिकारी, भगवती थापा (कल्पना) र लक्ष्मी देवी अधिकारी गरी ६ जना सिफारिस भएका छन् ।

पर्वतबाट निवर्तमान सांसद पदम गिरी, शान्त पौडेल, गोविन्द पहाडी, विकास लम्साल, राजु पौडेल, शारदा कुमारी शर्मा, जुना देवी नेपाली, सुन्दर भुषाल, पदमपाणी शर्मा र गोविन्द प्रसाद भुषालको नाम सिफारिस गरिएको छ ।

बागलुङ–१ बाट इन्द्रलाल सापकोटा, हिरा केसी र मना कुमारी केसी सिफारिस भएका छन् । मुस्ताङबाट इन्द्र धारा विष्ट, टासी स्याङ्गबो गुरुङसेनी र विनोद विसी सिफारिस भएका छन् । म्याग्दीबाट पशुपति शाही, प्रकाश पौडेल, बलादेवी बरुवाल राई, बालकृष्ण सुवेदी र हरिकृष्ण श्रेष्ठ सिफारिस भएका छन् ।

‘हामीले लोकतान्त्रिक पद्धति अनुसार तल्लो कमिटीबाट आएका सुझाव र आकांक्षीहरूको भावनालाई सम्मान गर्दै सबै नाम केन्द्रमा पठाएका छौँ,’ सचिव दवाडीले भने, ‘अब केन्द्रीय कमिटीले उम्मेदवारको योग्यता, लोकप्रियता र जित्ने आधार हेरेर अन्तिम निर्णय गर्नेछ ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->