मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

तामाको तार बेचेको आरोपमा हाकिमविरुद्ध अख्तियारमा मुद्दा

तामाको तार बेचेको आरोपमा हाकिमविरुद्ध अख्तियारमा मुद्दा

अख्तियारले नेपाल विद्युत प्राधिकरणका तत्कालीन केन्द्र प्रमुख राजीवकुमार सिंह, तत्कालीन सहायक लेखा अधिकृत (स्टोर प्रमुख) लोकप्रसाद काफ्ले र कान्तिपुर सेक्युरिटी सर्भिस प्रालिका सेक्युरिटी गार्ड रामकुमार पुर्जा र हेमशर्मा रिमालविरुद्ध मुद्दा दर्ता गरेको हो ।


  • ढोरपाटन संवाददाता
  • पुष ३० २०८२, बुधबार

पोखरा/तामाको तार बेचेर खाएको आरोपमा अख्तियारले तत्कालीन केन्द्रप्रमुख, स्टोरप्रमुख र कान्तिपुर सेक्युरिटी प्रालिविरुद्ध मुद्दा दर्ता गरेको छ ।

मंगलबार अख्तियारले नेपाल विद्युत प्राधिकरणका तत्कालीन केन्द्र प्रमुख राजीवकुमार सिंह, तत्कालीन सहायक लेखा अधिकृत (स्टोर प्रमुख) लोकप्रसाद काफ्ले र कान्तिपुर सेक्युरिटी सर्भिस प्रालिका सेक्युरिटी गार्ड रामकुमार पुर्जा र हेमशर्मा रिमालविरुद्ध मुद्दा दर्ता गरेको हो ।

उनीहरुविरुद्ध ९०० मिटर तार बेचेर खाएको आरोप छ । छानबिनका क्रममा ७० वर्गमिलिमिटरको १७४ मिटर र १२० वर्गमिलिमिटरको ७४६ मिटर तार हराएको उल्लेख छ । यसको परिणाम १३ लाख ९३ हजार ६०३ रुपैयाँ बराबरको हुने उल्लेख छ ।

नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रका स्टोर प्रमुखले २०८० वैशाख ५ गते कार्यालय प्रमुखसमक्ष तार हराएको निवेदन दिएपछि छानबिन समिति गठन गरिएको थियो । समितिको प्रतिवेदन अनुसार यति ठूलो परिमाणको तार मेशिन उपकरण प्रयोग गरी योजनाबद्ध तवरबाट कम्पाउण्ड बाहिर लगिएको देखिएको छ ।

छानबिनमा स्टोर प्रमुख, सुरक्षा गार्ड र केन्द्र प्रमुखको मिलेमतो देखिएको उल्लेख गरिएको छ । सुरक्षा गार्डहरू ड्यूटीमै रहेको समयमा तार बाहिर लैजान सहयोग भएको निष्कर्ष निकालिएको छ । साथै, गेटपासमार्फत ठेकेदारले लगेको भनिएको तार मौखिक निर्देशनका आधारमा स्टोर फिर्ता गरिएको भनिए पनि सो परिमाणको तारसमेत फेला नपरेको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवादीहरूले आपसी मिलेमतोमा आफूलाई गैरकानूनी लाभ दिलाउने तथा सार्वजनिक संस्थालाई हानिनोक्सानी पु¥याउने बदनियतले कार्य गरेको ठहर गरिएको छ । अख्तियारको अभियोगपत्र अनुसार प्रतिवादीहरूको कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम कसूर ठहर भएकाले बिगो असुल उपर तथा कानुनअनुसार सजायको मागदाबी लिई मुद्दा दायर गरिएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->