बागलुङ/धौलागिरि क्षेत्रको पहिलो आँगिक क्याम्पस धौलागिरि बहुमुखी क्याम्पस बागलुङले ६३ औ वार्षिकोत्वस बिभिन्न कार्यक्रमका साथ मनाउन शुरु गरेको छ । क्याम्पसले माघ ९ सम्म संचालन हुने गरि सप्ताहव्यापी कार्यक्रम गरी वार्षिकोत्सव मनाउन शुरु गरेको हो ।
पहिलो दिन पत्रकार सम्मेलनसहित सप्ताहव्यापी कार्यक्रमको उद्घाटन गरिएको थियो । विभिन्न रचनात्मक, खेलकुद, साहित्यीक, सांस्कृतिक तथा समुदाय केन्द्रित गरि वार्षिकोत्सव मनाउन शुरु गरिएको क्याम्पस प्रमुख सहप्राध्यापक डा. सुदर्शन शिलवालले जानकारी दिए । क्याम्पसले १ वर्षको अवधिमा गरेका कार्यसहित उनले कार्यक्रमबारे जानकारी दिए ।
पहिलो दिन स्वास्थ्य शिविर, रिल प्रतियोगिता, पूर्व विद्यार्थी, सेवानिवृत प्राध्यापक, कर्मचारी भेटघाट कार्यक्रम र प्राध्यापक, कर्मचारी, पत्रकार र स्ववियुबीच मैत्रीपूर्ण फुटबल गरिएको उनले बताए । दोस्रो दिन माघ ३ गते छात्र फुटबल र छात्रछात्रा भलिबल, माघ ५ गते क्रिकेट, ६ गते म्याराथुन, बादविवाद प्रतियोगिता र एक सय मिटर छात्रछात्रा दौड एवम् व्याटमिन्टन प्रतियोगिता रहेको छ ।
६ गते नै छात्रछात्रा लठो तान्ने प्रतियोगिता, माघ ७ गते प्राध्यापक कर्मचारी स्ववियु म्युजिकल चियर, घैटोफोर, शैक्षिक बहस, साहित्यीक सन्ध्या, माघ ८ गते सरसफाई, अन्तर मावि थिम प्रतियोगिता, नृत्य प्रतियोगिता र ९ गते सरस्वती पुजा, पुरस्कार बितरणसहित मुल समारोह रहेको उनले जानकारी दिए । कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष राम थापाले पनि मंतव्य व्यक्त गरेका थिए ।
कार्यक्रम क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष प्रा. डा. दिनबहादुर थापाको अध्यक्षता, सहायक क्याम्पस प्रमुख हरिप्रसाद पाण्डेको स्वागत र डाक्टर डिल्लीराज गौतमको संचालनमा सम्पन्न भएको थियो ।





