शुक्रबार, भाद्र ५ २०८३

शुक्रबार, भाद्र ५ २०८३
  • ५ भाद्र २०८३ , शुक्रबार
  • August 21 2026

यी हुन् नेकपाबाट गण्डकीका १८ वटा निर्वाचन क्षेत्रका उम्मेदवारहरु

यी हुन् नेकपाबाट गण्डकीका १८ वटा निर्वाचन क्षेत्रका उम्मेदवारहरु

प्रायः लमजुङबाटै चुनाव लडिरहेका देव गुरुङ यसपालि मनाङ जाने भएका छन् ।


  • ढोरपाटन संवाददाता
  • माघ ४ २०८२, आइतबार

पोखरा / फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले गण्डकीका १८ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ । नेकपाले काठमाडौंमा उम्मेदवारलाई नै बोलाएर टिकट थमाएको हो । नेकपाले गोरखा–१ मा हरिराज अधिकारी (कुमार) उम्मेदवार बनेका छन् भने २ मा नेता लेखनाथ न्यौपानेले टिकट पाएका छन् ।

तनहुँ–१ मा विद्यानाथ ढकाल र २ बाट सोमबहादुर थापा तथा लमजुङमा हरिजङ तामाङले टिकट पाएका छन् । प्रायः लमजुङबाटै चुनाव लडिरहेका देव गुरुङ यसपालि मनाङ जाने भएका छन् । उनको टिकट टुंगिन बाँकी भए पनि मनाङबाटै उम्मेदवार बन्ने पक्का भएको नेकपा स्रोतले जनाएको छ ।

कास्की–१ बाट राजकाजी गुरुङ (करण), २ बाट हेमबहादुर थापा (किरण) र ३ बाट प्रेम पौडेलको नाम आएको छ, यद्यपि उनको नाम टुंगिन बाँकी रहेको नेकपा गण्डकी अध्यक्ष गायत्री गुरुङले जानकारी दिइन् । पर्वतबाट पूर्वपत्रकार मनहरी तिमिल्सिना उम्मेदवार बनेका छन् भने म्याग्दीबाट अर्जुन थापा उम्मेदवार बनेका छन् । बागलुङ–१ बाट कृष्ण केसी र २ बाट ज्ञामनाथ गैह्रे उम्मेदवार बन्दा मुस्ताङमा ङुटुक गुरुङलाई छानिएको छ ।

स्याङजा–१ बाट शैलेन्द्र घिमिरेले टिकट पाउँदा २ बाट पदम विक छानिएका छन् । नवलपुर १ मा लोक प्रसाद भुर्तेल र २ बाट गणेशमान महतो उम्मेदवारका रूपमा टुंगिएका छन् । गत निर्वाचनमा नेकपा आबद्ध प्रमुख दल नेकपा माओवादीले गोरखा १ र बागलुङ २ मा निर्वाचन जितेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->