बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

यी हुन् रास्वपाले गण्डकीमा टुंग्याएको उम्मेदवारहरु

यी हुन् रास्वपाले गण्डकीमा टुंग्याएको उम्मेदवारहरु


  • ढोरपाटन संवाददाता
  • माघ ५ २०८२, सोमबार

पोखरा / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उम्मेदवारको टुंगो लगाउन थालेको छ ।  पार्टीभित्र गर्दै आएको प्राथमिक निर्वाचन थाती राखेर रास्वपाले सचिवालय तहका नेताहरूको छलफलका आधारमा उम्मेदवार टुंगो लगाएको हो ।

पार्टी सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन शाह, उपसभापति डिपी अर्याल, महामन्त्री कविन्द्र बुर्लाकोटी सहितका नेताहरूको उम्मेदवार टुंगो लागेको हो ।
यसैक्रममा ताप्लेजुङ रास्वपाले गण्डकी प्रदेशका १८ मध्ये १० निर्वाचन क्षेत्रमा मात्रै उम्मेदवार टुंगो लगाएको छ । जस अनुसार लमजुङमा धर्मबहादुर केसी, गोरखा– १ मा सुदन गुरूङ, गोरखा– २ मा कविन्द्र बुर्लाकोटी, तनहुँ– १ मा स्वर्णिम वाग्ले, तनहुँ– २ मा श्रीराम न्यौपाने. र नवलपुर १ मा राजन गौतम रहेका छन् ।

यसैगरी कास्की १ मा गनेश पौडेल, कास्की २ मा उत्तम पौडेल र कास्की ३ मा यदुनाथ अधिकारीलाई उम्मेदवार तोकिएको छ । स्याङ्जा–१ मा धनञ्जय रेग्मी उम्मेदवार बनेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->