पोखरा / नेकपा एमालेले कास्की क्षेत्र नम्बर २ मा उम्मेदवार परिवर्तन गरेको छ । यसअघि कास्की जिल्ला इन्चार्ज कृष्ण थापालाई दिइएको टिकट खोसेर युवा नेता रश्मि आचार्यलाई दिएको हो ।
थापाले २०७९ को निर्वाचनमा पोखरा महानगरपालिकाको मेयरको चुनावका क्रममा आगामी निर्वाचनमा आफू चुनाव नलड्ने घोषणा गरेका थिए । सोही विषयलाई लिएर एमालेभित्र चरम असन्तुष्टि बढेको थियो । सामाजिक सञ्जालमा आलोचना बढेपछि टिकट हेरफेर भएको हो । अर्कोतर्फ कास्की ३ वटै निर्वाचन क्षेत्रमा युवालाई टिकट नदिइएको भन्ने आलोचना पनि भएको थियो । आचार्य पृथ्वीनारायण क्याम्पसका पूर्वस्ववियु सभापति हुन् ।





