बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

कास्की कांग्रेसबाट रानाभाट, बास्तोला र गुरुङ उम्मेदवार

कास्की कांग्रेसबाट रानाभाट, बास्तोला र गुरुङ उम्मेदवार


  • ढोरपाटन संवाददाता
  • माघ ६ २०८२, मंगलबार

पोखरा/ आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसले कास्कीका तीनवटै निर्वाचन क्षेत्रमा उम्मेदवारको टुंगो लगाएको छ ।
कास्की क्षेत्र नम्बर १ मा तिलक रानाभाट, क्षेत्र नम्बर २ मा माधवप्रसाद बास्तोला (मधु) र क्षेत्र नम्बर ३ मा मनोज गुरुङलाई उम्मेदवार बन्ने भएका हुन् । यद्यपि, उनीहरूले उम्मेदवारी मनोनयनका लागि आवश्यक पर्ने आधिकारिक पत्र भने बुझिसकेका छैनन् ।

रानाभाट पेसाले वैदेशिक रोजगार व्यवसायी हुन् । उनी पार्टीको विशेष महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएका थिए । विगतमा शेरबहादुर देउवा पक्षमा रहेका उनी पछिल्लो समय सभापति गगन थापा समूहमा सक्रिय छन् ।

बास्तोला कांग्रेस गण्डकी प्रदेशका प्रवक्ता हुन् । पोखरा–११ का स्थायी बासिन्दा उनी २०५४ देखि २०५९ सम्म तत्कालीन पोखरा नगरपालिकाको वडाध्यक्ष थिए । गुरुङ सोही क्षेत्रका क्षेत्रीय सभापति एवं नेपाल तरुण दल कास्कीका अध्यक्ष हुन् । उनी देउवा पक्षका मानिन्छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->