आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

बागलुङ क्षेत्र नम्बर १ मा ११ जनाको उम्मेदवारी दर्ता

बागलुङ क्षेत्र नम्बर १ मा ११ जनाको उम्मेदवारी दर्ता


  • ढाेरपाटन संवाददाता
  • माघ ६ २०८२, मंगलबार

बागलुङ र आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बागलुङ क्षेत्र नं. १ मा ११ जनाको उम्मेदवारी दर्ता भएको छ ।

निर्वाचन आयोगको कार्यतालिका अनुसार मंगलबार विहान १० बजे देखी ५ बजे सम्मका लागि मनोनयन दर्ताको समय रहेको थियो । उक्त समयमा ११ राजनितिक दलका ११ जना उम्मेदवारीले आफ्नो मनोनयन दर्ता गराएका हुन् ।
यस क्षेत्रमा नेपाल मानवताबादी पार्टीका भक्तबहादुर विक, राष्ट्रिय प्रजातन्त्र पार्टीका कल्याण आचार्य, मंगोल नेशनल अर्गनाईजेशनका गुमा कुमारी बुढा राना मगर, राष्ट्रिय स्वतन्त्र पार्टीका शुशिल खड्का, नेपाल कम्युनिष्ट पार्टी एमालेका हिरा बहादुर केसी, प्रगतिशल लोकतान्त्रीक पार्टीका चित्रप्रसाद सापकोटा, नेपाली काँग्रेसका भिमबहादुर श्रीस रानाले मनोनयन दर्ता गराएको सहायक निर्वाचन अधिकृत पुर्ण प्रसाद शर्माले जानकारी दिए ।

त्यसैगरी नेशनल रिपब्लिक नेपालका सहविर थापा, राष्ट्रिय जनमोर्चा पार्टीका कृष्ण प्रसाद शर्मा अधिकारी, श्रम संस्कृति पार्टीका लालबहादुर घर्ति र नेपाल कम्युनिष्ट पार्टी माओबादीका टेकबहादुर केसीले उम्मेदवारी दर्ता गराएका छन ।
मुख्य निर्वाचन कार्यालयले सोमबार सर्वदलिय बैठक राखेर दलहरुलाई समय निर्धारण गरेको थियो । सोही समय अनुसार दलहरुले आफ्ना उम्मेदवारहरुको मनोनयन दर्ता गराएका थिए । क्षेत्र नं. २ मा भने दिउँसो ४ः३० सम्म ९ जना उम्मेदवारले आफ्नो उम्मेदवारी दर्ता गराएका छन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->