आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

उच्च शिक्षाको अवस्थाबारे शैक्षिक बहस

उच्च शिक्षाको अवस्थाबारे शैक्षिक बहस


  • ढाेरपाटन संवाददाता
  • माघ ८ २०८२, बिहिबार

बागलुङ/धौलागिरि बहुमुखी क्याम्पसको ६३ औं वार्षिकोत्सवको अवसरमा शैक्षिक बहस कार्यक्रम सम्पन्न भएको छ । ‘नेपालमा उच्च शिक्षा वर्तमान अवस्था, संभावना र चुनौती’ बिषयक बहस भएको हो ।

बुधबार भएको बहस कार्यक्रममा शिक्षाबिद् प्राध्यापक डा. विद्यानाथ कोइरालाले पढ्ने पढाउने र सिक्ने सिकाउने पद्दती र शैली बदल्न सकेमा गुणस्तर सुधार हुने, जीवन उपयोगी शिक्षा दिन सकिने र समय सुहाउँदो जनशक्ती उत्पादन गर्न सकिने बताए । उनले प्रविधिमैत्री शिक्षाका लागि हरेक विद्यार्थीलाई अनुसनधानमा जोड्ने, पाठ्यक्रमको सिमिततामा नराखी उक्त पाठ्यक्रमलाई नै बुझ्न र व्याख्या गर्न सक्ने बनाउन पहल गर्नुपर्ने बताए ।

कार्यक्रममा उनले विद्यार्थी, प्राध्यापक र अन्य सरकारवालाको जिज्ञाशा समेत समेटेर कसरी रोजगार सिर्जना गर्ने ? हाम्रा परम्परागत उत्पादनलाई आधुनिक बजारमा कसरी जोड्ने जस्ता विषय उनले प्रष्ट्याए । नीति बाधक नभइ काम गर्ने शैली परिवर्तन गर्न पनि उनले सुझाए । योजना र बजेटलाई उपयोग गर्न नसकेपनि उपलब्धी नहुने भन्दै अब हरेक काममा नवप्रवद्र्धनात्मक बन्नुपर्ने उनको सुझाव थियो । जापानमा बस्ने शिक्षक र विद्यार्थीले जस्तै नेपालमा पनि आफ्नो जिम्मेवारी र कर्तव्य पालना गर्दा समाज विकास हुने पनि उनले बताए ।

कार्यक्रममा क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष प्रा.डा. दिनबहादुर थापाले ‘नेपालमा उच्च शिक्षाको वर्तमान अवस्था सम्भावना र चुनौती’ विषयक प्रस्तुतीकरण गरेका थिए भने उपप्राध्यापक विप्लब शर्माले प्रा.डा कोइरालासँग प्यानल छलफल गरेका थिए ।

कार्यक्रम स्ववियु सदस्य विरोष क्षेत्रीको अध्यक्षता र कोषाध्यक्ष विशाल थापाको संचालनमा सम्पन्न भएको थियो । कार्यक्रममा उपप्राध्यापक हिरालाल रेग्मीले कार्यक्रमको टिप्पणी गरेका थिए । क्याम्पसले वार्षिकोत्सवलाई खेलकुद र शैक्षिक बहससहित विभिन्न क्रियाकलाप जोडेर साप्ताहिक बनाएको छ । श्रीपञ्चमीको दिन क्याम्पसमा मुल समारोह हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->