आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

विद्यामन्दिर पुस्तकालय बागलुङको ७९ औँ स्थापना दिवश

विद्यामन्दिर पुस्तकालय बागलुङको ७९ औँ स्थापना दिवश


  • ढाेरपाटन संवाददाता
  • माघ ८ २०८२, बिहिबार

बागलुङ/विद्यामन्दिर पुस्तकालय बागलुङको ७९ औँ स्थापना दिवशका अवसरमा बिहिबार प्रभातफेरी तथा पुस्तकालयअन्र्तगत बालविकासमा अध्यनरत बालबालिकाको निशुल्क दन्त परीक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

पुस्तकालयका अध्यक्ष रामचन्द्र शर्माको नेतृत्वमा बिहिबार बिहान पुस्तकालय परिसरबाट निस्केको प्रभातफेरीले बजारका विभिन्न भागको परिक्रमा गरी पुस्तकालयमा पुगेर सम्पन्न भएको थियो ।

सो अवसरमा बोल्दै अध्यक्ष शर्माले पुस्तकालयको विकासका लागि सहयोग र सहकार्य गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेका थिए । त्रिदिवसिय कार्यक्रमका साथ स्थापना दिवस मनाउन लागेको पुस्तकालयले बुधबार रुद्रेपिपल माध्यमिक विद्यालयलाई फोहर संकलन गर्ने डस्टबिन सहयोग गरेको थियो ।

पुस्तकालयको स्थापना दिवशको उपलक्ष्यमा दुई वटा डस्टबिन हस्तान्तरण गरेको सदस्य गोविन्दप्रसाद ओझाले जानकारी दिए । यसैबीच बागलुङ बजारस्थित अशोक डेन्टल हलका प्रोपाईटर अशोक श्रेष्ठ लगायतले बालबालिकाको दन्त परिक्षण गरेको अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए । शुक्रबार हुने मूल समारोहका दिन पुस्तकालयका पुर्व अध्यक्षहरुलाई सम्मान गर्ने कार्यक्रम समेत रहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->