शुक्रबार, भाद्र ५ २०८३

शुक्रबार, भाद्र ५ २०८३
  • ५ भाद्र २०८३ , शुक्रबार
  • August 21 2026

स्याङ्जा–२ मा प्रलोपाले रास्वपालाई सघाउने

स्याङ्जा–२ मा प्रलोपाले रास्वपालाई सघाउने


  • ढाेरपाटन संवाददाता
  • माघ ९ २०८२, शुक्रबार

स्याङ्जा / स्याङ्जा क्षेत्र नम्बर–२ मा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का उम्मेदवार टिकारम रेग्मीले उम्मेदवारी फिर्ता लिएका छन् । उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार झविलाल डुम्रेलाई समर्थन गर्ने भएका छन् ।

दुवै दलबीच पहिलो हुने निर्वाचित प्रणालीतर्फ सहकार्य गर्ने र समानुपातिकतर्फ आ–आफ्नै पार्टी चिह्नमा प्रतिस्पर्धा गर्ने सहमति भएको छ । सहमतिलाई जनभावना, विशेषगरी जेन–जेड पुस्ताको चाहना र परिवर्तनको आकांक्षासँग जोडेर हेरिएको रास्वपाले जनाएको छ ।

यसैगरी, स्याङ्जा–२ का स्वतन्त्र उम्मेदवार घनश्याम पाण्डेय र दिलीप श्रेष्ठले पनि आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->