पोखरा / गण्डकी प्रदेशमा राष्ट्रियसभा सदस्यको रिक्त २ पदका लागि मतदान जारी रहेको छ । आज बिहान ९ बजेदेखि सुरु मतदानमा प्रदेश सभाका सांसदहरु स्थानीय तहका प्रमुख, उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्ष सहभागी भइरहेका छन् । मतदान दिउँसो ३ बजेसम्म हुनेछ।
मतदानका लागि प्रदेश निर्वाचन कार्यालय पोखराको हातामा दुई वटा केन्द्र स्थापना गरिएको छ । जसमध्ये एउटा केन्द्रमा ५९ जना प्रदेश सभा सदस्यहरूले मतदान गरिरहेका छन् भने अर्को केन्द्रमा १६९ जना स्थानीय तहका प्रमुख र उपप्रमुखहरूले मतदान गर्ने व्यवस्था मिलाइएको छ । २०७६ सालमा निर्वाचित सदस्यहरूको ६ वर्षे कार्यकाल आगामी फागुन २१ मा सकिने भएपछि नयाँ सदस्य छनोटका लागि यो प्रक्रिया सुरु गरिएको हो । गण्डकी प्रदेशबाट प्रतिनिधित्व गर्ने तत्कालीन माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ र नेकपा एमालेकी भगवती न्यौपानेको पदावधि सकिँदै छ । उनीहरूको स्थानमा नयाँ राष्ट्रिय सभा सदस्यका लागी निर्वाचन निर्वाचन हुन लागेको हो ।
निर्वाचनमा गण्डकी सहित देशैभर नेपाली कांग्रेस र नेकपा एमालेले साझा उम्मेदवार उठाएका छन् । गण्डकीमा एमालेबाट महिला क्लस्टरमा गा्ेरखाकी नेतृ सम्झना देवकोटाको उम्मेदवारी परेको छ । यसैगरी खुलातर्फ नेपाली कांग्रेसले प्रा। डा। जगत् तिमिल्सिनालाई उठाएको छ । उनी तनहुँका हुन । नेपाली कम्युनिष्ट पार्टी ९नेकपा० ले महिला कलष्टरमा नेकपाकी गोमा लुइँटेल घिमिरे र खुलाबाट कपिल लामालाई चुनावी मैदानमा उतारेको छ । यस्तै, राष्ट्रिय जनमोर्चाले पनि खुलामा शंकरप्रसाद बराल र महिलामा अधिवक्ता लक्ष्मी बाँस्कोटालाई अघि सारेको छ । तर गठबन्धन (कांग्रेस र एमाले) का उम्मेदवारले झन्डै दुई तिहाई मतका साथ बिजयी हुने निश्चित जस्तै छ ।
३ बजे बजे मतदान सकिएलगत्तै गणना सुरु गरिने र साँझसम्म परिणाम आउने निर्वाचन कार्यालयले जनाएको छ । प्रदेश सांसदको मतभार ५३ र स्थानीय तहका प्रमुख, उपप्रमुखको मतभार १९ रहेको छ ।







