आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

बालमैत्री स्थानीय शासनको प्रभाव विषयमा वक्तृत्वकला

बालमैत्री स्थानीय शासनको प्रभाव विषयमा वक्तृत्वकला


  • ढाेरपाटन संवाददाता
  • माघ १२ २०८२, सोमबार

बागलुङ/बागलुङ नगरपालिका बालमैत्री नगर घोषणाको एक वर्ष पुगेको अवसरमा यसको दिगोपन सुनिश्चितता गर्ने उद्देश्यले आइतबार वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।

‘एक वर्षको अनुभव बालमैत्री स्थानीय शासनको प्रभाव’ विषयक प्रतियोगिताको उद्घाटन गर्दै बागलुङ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत ईश्वरी प्रसाद शर्माले बागलुङ नगपालिका बालमैत्री स्थानीय शासन युक्त पालिका घोषणासँगै बालबालिकाको क्षमता अभिबृद्धि बढ्दै गएको दाबी गरे । उनले बालमैत्री घोषणामा पश्चात दिगोपना सुनिश्चित चुनौती रहेता पनि बागलुङ नगरपालिको हरेक चुनौती समाना गर्दै अगाडी बढेको बताए । शर्माले नगरमा बालमैत्री पुर्वाधार बनिसकेकाले दिगोपनामा कुनै समस्या नरहेको बताए ।

कार्यक्रममा नगरपालिकाका शिक्षा शाखा प्रमुख धनप्रसाद पोखरेलले बालमैत्री दृष्टिकोण विद्यार्थीहरुको सहभातिा सुनिश्चित गर्न र बाल अधिकृतको संरक्षण र प्रर्वद्धन अभिव्यक्ति क्षमता विकास गर्ने उद्देश्य अनुरुप वक्तृत्वकला प्रतियोगिता संचालन गरेको बताए ।

नगरस्तरीय बाल सञ्जालद्वारा आयोजित प्रतियोगितामा गणेश माध्यामिक विद्यालयका विद्या अधिकारी प्रथम, सिद्धार्थ सदन माविका सक्षम शर्मा द्धितिय र विश्वकर्मा माविका प्रकृति पौडेल तृतिय भएका छन् । प्रतियोगितामा विजयीले क्रमसः ७ हजार, ५ हजार र ३ हजार रुपैयाँ प्रदान गरिएको छ ।

बागलुङ नगरपालिकालाई गत वर्षको माघ ९ गते बालमैत्री नगर घोषाण गरिएको थियो । कार्यक्रम नगरस्तरीय बाल सञ्जालका अध्यक्ष अनुषा कँडेलको अध्यक्षता र सचिव संस्कार गौतमको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->