शुक्रबार, भाद्र ५ २०८३

शुक्रबार, भाद्र ५ २०८३
  • ५ भाद्र २०८३ , शुक्रबार
  • August 21 2026

निर्वाचन प्रहरी अभावः म्याग्दीबाट बागलुङ र नवलपुरबाट स्याङ्जा पठाइयो

निर्वाचन प्रहरी अभावः म्याग्दीबाट बागलुङ र नवलपुरबाट स्याङ्जा पठाइयो

यी दुवै जिल्लामा निर्वाचन प्रहरीका लागि १० दिनको तालिम आइतबारदेखि सुरु भएको छ ।


  • ढोरपाटन संवाददाता
  • माघ १८ २०८२, आइतबार

पोखरा / आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि बागलुङ र स्याङ्जामा माग अनुसार निर्वाचान प्रहरीको आवेदन नपरेपछि बाह्य जिल्लाबाट ल्याएर व्यवस्थापन गरिएको छ । बागलुङमा छिमेकी जिल्ला म्याग्दी प्रहरीबाट २१२ जना निर्वाचन प्रहरी ल्याइएको छ भने स्याङ्जामा नवलपुर जिल्ला प्रहरीबाट ३०० जना निर्वाचन प्रहरी लिएर व्यवस्थापन गरिएको हो ।

स्याङ्जामा माग गरे अनुसार निर्वाचन प्रहरीको आवेदन नपरेपछि नवलपुरबाट ३ सय जनालाई पठाइएको जिल्ला प्रहरी प्रमुख युवराज खड्काले जानकारी दिए । उनका अनुसार नवलपुरमा छनौट भएका ३ सय जना निर्वाचन प्रहरीलाई आइतबार स्याङ्जा पठाइएको हो ।

फागुन २१ गतेको निर्वाचनकालागि जिल्ला प्रहरी नवलपुरले करिब २ हजार निर्वाचन प्रहरी भर्ना गरेको छ। तीमध्ये स्याङ्जाको माग अनुसारको त्यहाँ पठाइएको खड्काले जानकारी दिए। निर्वाचन प्रहरीकालागि आइतबारदेखि १० दिनको तालिम सुरु भएको छ ।

त्यसैगरी, जिल्ला प्रहरी बागलुङले निर्वाचन प्रहरी भर्नाको लागि तीन पटकसम्म सूचना प्रकाशित गर्दा समेत माग संख्या भन्दा २१२ जना कमले आवेदन भरेपछि म्याग्दीबाट मगाएर सोधभर्ना गरिएको छ । बागलुङका लागि आवश्यक १ हजार २९८ जना निर्वाचन प्रहरीका लागि आवेदन माग गरिएको थियो ।

त्यसमा १ हजार ८६ जनाले मात्रै आवेदन गरेपछि २१२ जनालाई जिल्ला प्रहरी म्याग्दीबाट मगाएर तालिम दिन सुरु गरिएको बागलुङका प्रहरी प्रमुख एसपी तिलक भारतीले बताए । त्यहाँ पनि १ हजार २९८ जना निर्वाचन प्रहरीको लागि तालिम सुरु भएको छ।

निर्वाचन प्रहरीको लागि बागलुङका ५ स्थानमा तालिम सुरु गरिएको छ । भर्ना प्रक्रियाबाट छनोट भएका निर्वाचन प्रहरीमध्ये इलाका प्रहरी कार्यालय बरेङडाँडामा ५९ जना, बुर्तिवाङमा ३१०, गल्कोटमा १८१ र अन्य बाँकी ७४८ जनालाई जिल्ला प्रहरी कार्यालयबाट तालिम दिन थालिएको हो । यो तालिम १० दिनसम्म सञ्चालन हुने छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->