बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

खाना महोत्सव आयोजना गर्दे पोखरा युनाईटेड

खाना महोत्सव आयोजना गर्दे पोखरा युनाईटेड


  • ढोरपाटन संवाददाता
  • माघ १९ २०८२, सोमबार

पोखरा/पोखरा युनाइटेड एकेडेमीले विद्यार्थीहरुको क्षमता प्रदर्शनी गर्न खाना महोत्सवको आयोजना गर्ने भएको छ । माघ २३ गते कक्षा ११ र १२ मा होटल व्यवस्थापन अध्ययन गरिरहेका विद्यार्थीहरुले सिकेका सीपलाई व्यवहारमा ल्याउनका लागि महोत्सवको आयोजना गर्न लागेको हो ।

आइतबार खाना महोत्सवको बारेमा जानकारी दिन पोखरा १२ भद्रकाली मार्गस्थित विद्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रधानाध्यापक बयानबहादुर गोदारले नितान्त विद्यार्थीको लागि आयोजना गर्न लागिएको बताए ।

अहिले शिक्षामा व्यवहारिक ज्ञान भएको गुनासो आइरहँदा विद्यालयले त्यसलाई मध्यनजर गर्दै कार्यक्रमको आयोजना गर्न लागेको सुनाए ।

‘अब विद्यार्थीलाई व्यवहारिक ज्ञानको आवश्यक छ । हामीले धेरै व्यवहारिक ज्ञान भएन भनेर गुनासो पनि आयो त्यसैले हामीले यो कार्यक्रमको आयोजना गरेका हौं,’ उनले भने, ‘विश्वबजारमा कसरी व्यवहार गर्ने भनेर पनि विद्यार्थीले सिक्नेछन् । थोरै मात्रामा खाना बनाउ सिकिरहेको विद्यार्थीले ठूलो मात्रामा बनाउन कोसिस गर्नेछन् । बजारमा सामान कसरी किन्ने, बेच्ने लगायतका कुरा पनि सिक्ने हामीले विश्वास लिएका छौं ।’

विद्यालयका उपप्रध्यापक देवेन्द्र अधिकारीले होटल व्यवस्थापन पढेका विद्यार्थीले खाना पकाउने र सर्भिस गर्ने काम गर्नेछन भने, अन्य संकायका विद्यार्थीले सहयोग गर्ने बताए । गत वर्षदेखी विद्यालयले खाना महोत्सवको आयोजना गर्दै आइरहेको उनले जानकारी दिए । महोत्सवमा विभिन्न खानाका प्रकारसहित मनोरञ्जनका कार्यक्रमहरु हुनेछन् ।

कार्यक्रमका लागि तीन सय र पाँच सय रुपैयाँ प्रवेश शुल्क तोकिएको छ । टिकट किन्नेले सो रकम बराबरको खाना पाउनेछन् । ‘यो विद्यालयभित्रका विद्यार्थीका लागि आयोजना गरिएको हो । विद्यार्थीलाई व्यवहारिक ज्ञान सिकाउनका लागि महोत्सवको आयोजना गरिएको हो’ उनले भने ।

यस्तै प्राइमरी इन्चार्ज गीतादेवी शर्माले प्राइमरीस्तरका विद्यार्थीलाई गणीतिय ज्ञान सिकाउनका लागि मार्केट फेयरको आयोजना गरिने बताइन् । फेयरमा विद्यार्थीले स्टेसनरी सामान, फलफुल, तरकारी, बेकरी लगायत आफै किन्ने र मोलतोल गर्नेछन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिवबहादुर भण्डारीले विद्यार्थीलाई सैद्धान्तिक मात्र नभइ व्यहारिक ज्ञान प्रदान गर्नु मुख्य उदेश्य रहेको बताए । विद्यालयमा होटल व्यवस्थापन संकायमा कक्षा ११ मा ८२ र १२ मा ४० जना अध्ययनरत छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->