आइतबार, असोज २५ २०८३

आइतबार, असोज २५ २०८३
  • २५ असोज २०८३ , आइतबार
  • October 11 2026

अर्घौं सामाजिक सेवा संस्थामा नयाँ नेतृत्व

अर्घौं सामाजिक सेवा संस्थामा नयाँ नेतृत्व


  • ढोरपाटन संवाददाता
  • माघ २० २०८२, मंगलबार

पोखरा/कास्कीको पोखरा महानगरपालिका २६ र २७ को विकासमा सहयोगीको भूमिका निभाउने उद्देश्यले गठित अर्घौं सामाजिक सेवा संस्थाको नवौं साधारण सभा तथा पाचौं अधिवेशनले मथुरकुमार श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

पेशा व्यवसाय तथा रोजगारीको सिलसिलामा जहाँ रहेपनि आफनो जन्मस्थलको विकासका लागि शाझा अवधारणाले अगाडी बढ्ने उद्देश्यले स्थापना भएको सस्थको अधिवेशनले वर्तमान कार्यसमितिका कोषाध्यक्ष मथुराकुमार श्रेष्ठलाई आगामी कार्यकालका लागि अध्यक्षमा चयन गरेको हो ।

सर्वसम्वत रुपमा गठन भएको समितिको धर्मदत्त बराल, सचिवमा सूर्यनाथ न्यौपाने, कोषाध्यक्षमा राम बहादुर जिसी र सदस्यहरुमा प्रयागराज भण्डारी, राधामोहन पौडेल, रमेबहादुर जिसी, ईश्वरी जिसी, मणिराम भुर्तेल, प्रेमकुमार श्रेष्ठ र विष्णु गुरुङ रहेका छन् ।

यसअघि कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नम्वर २६ का वडाअध्यक्ष नरेन्द्र थापाले आफनो गाउ ठाउ र वडाको विकासमा सवैले हातेमालो गरेर अगाडी बढ्न आग्रह रे ।

सोही अवसरमा सस्थापक अध्यक्ष हरिकुमार श्रेष्ठले राम्रोको सुरुवात कुनै एक ब्यक्ति विषेशले गर्दा मात्र सम्भव नहुने र आवाज पनि नपुग्ने भएकाले हामी सवै संगठित र एक मनका साथ अगाडी बढाउने उद्देश्य राखेर संस्थाको कल्पना गरेको वताएका थिए ।

अर्घांै सामाजिक सेवा संस्थाका अध्यक्ष गणेशभक्त अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष जानुका अधिकारी पराजुली,आजीवन सदस्य कृष्णराज तिमिल्सेना,नारायणदक्त वस्ताकोटी सस्थाका उपाध्यक्ष धर्मदत्त बराल र सचिव सूर्यनाथ न्यौपाने लगाएतले संस्थाले अगाडी सारेका योजनमा सवैको साथ र सहयोग अपरिहार्य रहेकोमा जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->