सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

मितेरी परम्परा जोगाउँदै धार्चे, २० जोडीले लगाए मित

मितेरी परम्परा जोगाउँदै धार्चे, २० जोडीले लगाए मित


  • ढाेरपाटन संवाददाता
  • माघ २१ २०८२, बुधबार

गोरखा / हराउँदै गएको मितेरी साइनो लगाउने परम्परालाई जिल्लाको धार्चे गाउँपालिकाले भने आजसम्म जोगाएको छ । सोमबार सम्पन्न त्यहाँको चार दिने तातोपानी मेलामा मितेरी साइने लगाउने परम्परालाई निरन्तरता दिइएको थियो । सो अवसरमा २० जोडीले मित लगाए ।

मेलामा गोरखासँगै धादिङ, लमजुङ, कास्की, तनहुँ लगायतका जिल्लाहरूबाट आएका अवलोकनकर्ताले एक आपसमा मित लगाएका हुन् । उनीहरूले परम्परागत तरिकाले टाउको ठोक्काएर मित लगाएको मेला आयोजक समितिका संयोजक प्रदीप खत्रीले बताए । ‘दुवैतर्फको चेलीबेटीले टीकाटाला गरी खादामाला लगाइदिन्छन् । अनि दुवै जनाले परस्पर बाहाँ जोडेर टीका लगाने, पैसा साँटासाँट गर्छन्’, खत्रीले भने, ‘चेलीबेटीले तीनपटकसम्म टाउको ठोक्काइदिएपछि मित हुने चलन छ । मित लगाएपछि दुवै पक्षका साथीभाइ रमाइलो गरी नाचगान गर्ने चलन रहेको उनको भनाइ छ ।

उत्तरी गोरखाको धार्चे गाउँपालिका–३ खोर्लावेशीमा ‘ऐतिहासिक तातोपानी मेला–२०८२’ सम्पन्न भएको छ । लार्के मनास्लु युवा क्लबको आयोजनामा यही माघ १६ गतेबाट सुरु भएको तातोपानी मेला सोमबार सम्पन्न भएको हो । मेलाको अवसरमा मित लगाउने परम्परालाई यो वर्ष पनि निरन्तरता दिएको आयोजक लार्के मनास्लु युवा क्लबका अध्यक्ष धनकुमार गुरुङले बताए ।

मेला अवधिभर विभिन्न सांस्कृतिक कार्यक्रम एवं रैथाने खाना महोत्सवलगायत विभिन्न कार्यक्रमहरू भएका थिए । मेलामा स्थानीय तथा राष्ट्रियस्तरका कलाकारहरूको साङ्गीतिक प्रस्तुतिसमेत रहको थियो । दश हजार बढीले मेला अवलोकन गरेको आयोजकको भनाइ छ । आयोजक लार्के मनास्लु युवा क्लबका अध्यक्ष धनबहादुर गुरुङको अध्यक्षता एवं धार्चे गाउँपालिकाको अध्यक्ष लक्षमण गुरुङको प्रमुख आतिथ्यतामा एक कार्यक्रमकाबीच मेलाको समापन भएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->