सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

निर्वाचनका लागि गोरखामा सेना परिचालन, तीन ठाउँमा बेस क्याप्म स्थापना

निर्वाचनका लागि गोरखामा सेना परिचालन, तीन ठाउँमा बेस क्याप्म स्थापना

नेपाली सेनाको रुद्रध्वज गणले अजिरकोटस्थित भच्चेक, आरुघाट र नाम्जाली डाँडामा बेस स्थापना गरेको हो ।


  • ढोरपाटन संवाददाता
  • माघ २१ २०८२, बुधबार

गोरखा / आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरेर गोरखाका तीन ठाउँमा नेपाली सेनाले बेस क्याप्म स्थापना गरेको छ ।

नेपाली सेनाको रुद्रध्वज गणले अजिरकोटस्थित भच्चेक, आरुघाट र नाम्जाली डाँडामा बेस क्याप्म स्थापना गरेको हो । बुधबारबाट सेना परिचालन गर्ने सरकारको निर्णय अनुसार नै गोरखामा पनि वेस क्याप्म स्थापना भएको नेपाली सेनाको रुद्रध्वज गणले जनाएको छ ।

निर्वाचनका बेला नेपाली सेना बाहिरी सुरक्षा घेरमा रहन्छ । जिल्ला सुरक्षा समितिको निर्णय अनुसार नै तीन ठाउँमा वेस क्याप्म स्थापना गरेर नेपाली सेना पनि परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले बताए ।

निर्वाचन लक्षित गरेर आवश्यकता अनुसार चारवटै सुरक्षा निकाय परिचालन गरिने उनले बताए । ‘आजबाट गस्ती लगायतका सुरक्षासँग सम्बन्धित गतिबिधि सम्बन्धित वेस क्याम्पबाट सुरु भएको छ,’ उनले भने । निर्वाचनमा नेपाली सेना, सशस्त्र, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान, निर्वाचन प्रहरीलाई आवश्यकताअनुसार परिचालन गरिने प्रजिअ श्रेष्टले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->