सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

सेवा प्रबाहमा ज्येष्ठ नागरिकहरूलाई प्राथमिकता राख्न जिसस कास्की प्रमुख पौडेलको आग्रह

सेवा प्रबाहमा ज्येष्ठ नागरिकहरूलाई प्राथमिकता राख्न जिसस कास्की प्रमुख पौडेलको आग्रह


  • ढाेरपाटन संवाददाता
  • माघ २५ २०८२, आइतबार

पोखरा/ जिल्ला समन्वय समिति कास्कीले जिल्लास्थित विभिन्न ज्येष्ठ नागरिक सम्बद्द संघसंस्थाहरूसंग आइतबार छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रमको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले उद्घाटन गर्दै ज्येष्ठ नागरिकको संबिधान र कानुनले ब्यबस्था गरेका सेवा सुबिधाको निसर्त कार्यन्वयन हुनुपर्ने भन्दै विभिन्न कार्यालय र सरोकारवालाहरू यस सम्बन्धमा गम्भीर हुनुपर्ने उल्लेख गरे । सार्बजनिक यातायातमा ५० प्रतिशत छुटको प्राबधान कार्यान्वयन हुन नसकेको ,सेवा प्रदायक अस्पताल, बैंक सहितका सेवा प्रदायक निजि तथा सार्बजनिक संस्थाहरूको ध्यानाकर्षण गराउँदै उनले केहि सरकारी तथा सरोकारवाला कार्यालयहरूमा सेवा प्रबाह ज्येष्ठ नागरिकमैत्री नभएको गुनासो आएको भन्दै तत्काल सेवा प्रबाहमा ज्येष्ठ नागरिकहरूलाई प्राथमिकतामा राख्न आग्रह गरे । प्रमुख पौडेलले जिल्ला समन्वय समितिलाई नागरिकका गुनासा सुन्ने र समाधानका उपाय खोज्ने थलोको रूपमा लिन आग्रह गर्दै कुनै गुनासा भए जानकारी गराउन आग्रह पनि गरे ।

कार्यक्रममा जिल्ला समन्वय समिति कास्कीका शाखा अधिकृत लक्षु शर्माले ज्येष्ठ नागरिकका अधिकार र बर्तमान अबस्था बिषयमा अबधारणा पत्र प्रस्तुत गरेका थिए । शर्माले ज्येष्ठ नागरिकका सम्बन्धमा भएका कानुनि ब्यबस्था, उनीहरुको हकअधिकार सम्बन्धि र अन्य नीतिगत ब्यबस्था र कार्यान्वनमा देखिएका चुनौती र समस्या सहित समाधानका बारेमा चर्चा गरेका थिए ।

जेष्ठ नागरिक सेवा सम्बन्धमा संचालित ज्येष्ठ नागरिक आश्रम र दिवा सेवा केन्द्रहरूका संचालक सहभागीहरूले ज्येष्ठ नागरिकहरूले भोग्नु परेका समस्याका पारेमा अबगत गराएका थिए । उनीहरूले ज्येष्ठ नागरिकका समस्या पहिचान र समाधान र कार्यान्वनका बारेमा राज्यका निकाय सक्रिय र सम्बेदनशील हुनु पर्नेमा जोड दिए ।कास्की जिल्लामा क्रियाशील विभिन्न ज्येष्ठ नागरिक सम्वद्ध संघसंस्था, प्रतिनिधि र सरोकारवाला निकायहरूको उपस्थिति रहेको थियो ।
जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत सदस्य सितादेबी विश्वकर्मा र संचालन जिल्ला समन्वय अधिकारी नवराज बरालले गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->