मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

डायमण्ड माविको ३८औँ वार्षिकोत्सव त्रिदिवसीय रुपमा भव्य रूपमा सम्पन्न

डायमण्ड माविको ३८औँ वार्षिकोत्सव त्रिदिवसीय रुपमा भव्य रूपमा सम्पन्न


  • ढाेरपाटन संवाददाता
  • माघ २५ २०८२, आइतबार

पोखरा/ पोखरा महानगरपालिका–२७, तालचोकस्थित डायमण्ड माविको ३८औँ वार्षिक उत्सव तथा पुरस्कार वितरण समारोह त्रिदिवसीय रुपमा विभिन्न कार्यक्रमका साथ मनाईएको छ । माघ २२ देखि २४ गते सम्म मनाईएको वार्षिकोत्सवमा शैक्षिक, साहित्यिक तथा सांस्कृतिक कार्यक्रमहरुको आयोजना गरिएको थियो ।

२२ गते पहिलो दिनको प्रमुख आकर्षणका रूपमा प्रख्यात साहित्यकार डा. नवराज लम्सालको बुक टक हो तथा प्यानल संवाद गरिएको थियो भने कृष्णशरण उपाध्याय लगायत शिव त्रिपाठीद्वारा कविता वाचन कार्यक्रम विशेष आकर्षण बनेको थियो ।

दोस्रो दिन २३ गते खाना महोत्सव, शिक्षा र मनोरञ्जनलाई एकै थलोमा समेटिएको डायमण्ड मेला २०८२ भव्य रूपमा सम्पन्न भएको थियो । मेलाको सभापतित्व हरिप्रसाद लामिछानेले गरेका थिए भने वाटर फ्रन्ट रिसोर्टका रेसिडेन्ट म्यानेजर अमृत बी। के। प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए । विद्यार्थी रितिक गुरुङले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रममा शैक्षिक प्रमुख सञ्जीव थापाले कार्यक्रमको उद्धेश्यमाथी प्रकाश पारेका थिए भने सञ्चालन शिक्षक नारायण वाग्लेले गरेका थिए ।

मेलामा सांगीतिक प्रस्तुति अन्तर्गत ‘ग्लिच ग्रुभ’ ब्यान्डका तर्फबाट ड्रममा सिसन क्षेत्री, गिटारमा आसिम आले र ओस्कार गुरुङ, बासमा रितेन गुरुङ, तथा विशाल पाण्डे लगायतको लाइभ प्रस्तुति रहेको थियो। यसका साथै डायमण्ड ब्याण्ड र डायमण्ड गल्र्स ब्याण्ड को प्रस्तुति पनि दर्शकको विशेष आकर्षण बनेको शिक्षक राजन परियारले जानकारी दिए । विद्यालय प्राचार्य यम बहादुर रोकाको अध्यक्षतामा शनिबार सम्पन्न समापन समारोहमा प्रमुख अतिथि पोखरा विश्वविद्यालयका रजिस्ट्रार तथा सह–प्राध्यापक डा। अजय थापाले विद्यार्थीलाई ज्ञान, अनुशासन र संस्कारसहित सक्षम नागरिक बनाउने कार्यमा विद्यालयको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै विद्यालयले शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा उदाहरणीय काम गरिरहेको बताएका थिए ।

कार्यक्रममा स्वागत गर्दै भूतपूर्व विद्यार्थी एबम पोखरा विश्वविधालय शिक्षण अस्पतालका छाला, कुष्ठरोग तथा यौनरोग विशेषज्ञ डा। रमेश शर्माले विद्यार्थी जीवनमा संस्कार, स्वास्थ्य सचेतना र सामाजिक उत्तरदायित्वको महत्वमाथि प्रकाश पारेका थिए ।  समारोहमा विद्यार्थीहरूले प्रस्तुत गरेको नाटक “आत्मबोध”, देशभक्ति गीतमा आधारित उत्कृष्ट नृत्य, सांस्कृतिक झाँकी तथा विविध प्रस्तुतीहरूले उपस्थित दर्शकलाई गहिरो सन्देश दिनुका साथै कार्यक्रमलाई अझ प्रभावशाली बनाएको थियो।

उक्त अवसरमा विद्यालयमा १० वर्षसम्म निरन्तर सेवा प्रदान गर्ने शिक्षक–कर्मचारीहरू दिनेश शर्मा, रविचन्द्र अधिकारी, सञ्जय सुबेदी, अस्मिता शर्मालाई दीर्घ सेवा सम्मान प्रदान गरिएको थियो। साथै पोखरा महानगरपालिका स्तरबाट सम्मानित उत्कृष्ट विद्यार्थीहरूलाई पनि विशेष सम्मान गरिएको थियो। शैक्षिक उपलब्धिका आधारमा कक्षा १२ मा ३।९६ जिपिए सहित नेपाल टप गर्न सफल मयुर शाही, एसईई २०८१ मा उत्कृष्ट जिपिए प्राप्त गर्ने अङ्किता आचार्य र स्वस्तिका देवकोटा, तथा कक्षा ८ को बिएलई परीक्षामा ४ जिपिए प्राप्त गर्ने युनिशा खड्कालाई सम्मानपत्र तथा दोसल्लासहित सम्मान गरिएको थियो।

विद्यालयका निर्देशक माधव शरण उपाध्यायले त्रिदिवसीय कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण अतिथि, अभिभावक, शिक्षक–शिक्षिका, विद्यार्थी, शुभेच्छुक तथा सहयोगीप्रति हार्दिक आभार व्यक्त गरेका थिए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->