बागलुङ/रोटरी क्लब अफ बागलुङ, रोटरी क्लब अफ पोखरा फिस्टेल र रोटरी डिस्ट्रिक ३२९२ को संयुक्त पहलमा बागलुङ नगरपालिका–७ स्थित तितौरे माध्यमिक विद्यालयमा ११ थान कम्प्युटर सहितको आधुनिक कम्प्युटर ल्याब स्थापना गरिएको छ ।
शैक्षिक गुणस्तर अभिवृद्धि तथा विद्यार्थीहरूलाई सूचना प्रविधिसँग जोड्ने उद्देश्यले स्थापना गरिएको कम्प्युटर ल्याब एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको छ । ल्याबले विद्यार्थीको कम्प्युटर शिक्षा तथा डिजिटल सीप विकासमा सहयोग पुग्ने विश्वास गरिएको छ ।
कार्यक्रम डिष्ट्रिक गर्भनर विनोद कोइरालाको प्रमुख आतिथ्यता, कमल गिरीको अध्यक्षता तथा नारायण गौतमको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापकले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा रोटरी डिष्ट्रिक्टका पदाधिकारी, विभिन्न रोटरी क्लबका सदस्यहरू, विद्यालय व्यवस्थापन समिति, शिक्षक, विद्यार्थी तथा अभिभावकको उपस्थिती रहेको थियो ।
रोटरीका प्रतिनिधिहरूले शिक्षा क्षेत्रको विकास तथा सूचना प्रविधिमा पहुँच विस्तार गर्नु रोटरीको प्रमुख प्राथमिकता रहेको बताउँदै आगामी दिनमा पनि यस्ता सामाजिक तथा शैक्षिक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका थिए । विद्यालय परिवारले रोटरी क्लबहरुको महत्वपूर्ण सहयोगप्रति हार्दिक आभार व्यक्त गरेको थियो ।





