शनिबार, असोज २४ २०८३

शनिबार, असोज २४ २०८३
  • २४ असोज २०८३ , शनिबार
  • October 10 2026

उम्मेदवारको ट्याटू देखाएर भोट हाल्न जान नपाइने

उम्मेदवारको ट्याटू देखाएर भोट हाल्न जान नपाइने


  • ढोरपाटन संवाददाता
  • फाल्गुन ५ २०८२, मंगलबार

पोखरा/निर्वाचन आयोगले फागुन २१ गते हुने चुनावमा निम्ति आचारसंहिता सार्वजनिक गरेको छ । आयोगले सोमबार राजनीतिक दलहरुका लागि जारी गरेको ६३ बुँदे निर्देशनमा मतदान गर्न जाँदा मतदाताको शरीरको कुनै भागमा बनाइएको उम्मेदवारको फोटो, दल वा उम्मेदवारको निर्वाचन चिह्न वा झण्डा अंकित ट्याटू प्रदर्शन गर्न नपाइने बताएको छ ।

आयोगले जारी गरेको आचारसंहिताको परिच्छेद ५ दफा २१ अनुसारमतदान केन्द्रमा मतदान गर्न जाँदा प्रज्वलनशील ठोस वा तरल पदार्थ, मोबाइल, क्यामरा साथमा लिएर जान नहुने,नसालु पदार्थ वा मादक पदार्थ सेवन गर्न नहुने, मतदान गर्नबाट वञ्चित गराउने अभिप्रायले झुटो अफवाह, भ्रामक समाचार फैलाउन वा कुनै अवरोध गर्ने काम गर्न वा गराउन नहुने,मतदान गर्न जाँदा दल वा उम्मेदवारको निर्वाचन चिह्न वा झण्डा अंकित कपडा, टी–शर्ट, ज्याकेट, गम्छा, टोपी वा क्याप, भेस्ट, लोगो, ब्याच, मास्क, स्टिकर लगाउन वा झोला बोक्न नहुने,कसैको पक्ष वा विपक्षमा एसएमएस, सामाजिक सञ्जाल तथा अन्य विद्युतीय माध्यम प्रयोग गरी तथ्यहीन सामग्री प्रकाशन, प्रसारण वा सम्प्रेषण गर्न नहुनेलगायतका प्रावधानहरु छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->