सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

पोखरासम्म आउने रेलमार्गको अध्ययन हुने

पोखरासम्म आउने रेलमार्गको अध्ययन हुने

आर्थिक वृद्धिलाई सघाउने, नागरिकको जीवनस्तर उकास्ने र क्षेत्रीय सन्तुलन काम गरी आधुनिक र दिगो पूर्वाधार निर्माण गर्न सडक, यातायात, आवास तथा सहरी विकास, उर्जा विकासका लागि काम गर्ने प्रतिबद्धता जनाइएको छ ।


  • ढोरपाटन संवाददाता
  • फाल्गुन ८ २०८२, शुक्रबार

पोखरा/नेपाली कांग्रेसले काठमाडौंं–पोखरा–लुम्बिनी विद्युतीय रेलमार्गको अध्ययन अगाडि बढाउने घोषणा गरेको छ । कांग्रेसले बिहीबार सार्वजनिक गरेको प्रतिज्ञापत्रममा भनिएको छ,‘काठमाडौँ–पोखरा–लुम्बिनी विद्युतीय रेलको सम्भावना अध्ययन गर्छौँ ।’

कांग्रेसले काठमाडौँ जोड्न् अन्तरदेशीय र पूर्व–पश्चिम रेलमार्गको निर्माणलाई अघि बढाउने पनि बताएको छ ।

प्रतिज्ञापत्रमा भौतिक पूर्वाधारलाई प्राथमिकतामा विशेष प्राथमिकता दिइएको छ । दुई सय पृष्ठको प्रतिज्ञापत्रमा कांग्रेसले ‘दिगो पूर्वाधार, सबल अर्थतन्त्र, सुरक्षित भविष्य, विकसित नेपाल’ नारा दिएको छ ।

आर्थिक वृद्धिलाई सघाउने, नागरिकको जीवनस्तर उकास्ने र क्षेत्रीय सन्तुलन काम गरी आधुनिक र दिगो पूर्वाधार निर्माण गर्न सडक, यातायात, आवास तथा सहरी विकास, उर्जा विकासका लागि काम गर्ने प्रतिबद्धता जनाइएको छ । कांग्रेसले पूर्वाधार विकासलाई नयाँ चरणमा लैजान लक्ष्य राखेको छ ।

यसका लागि कांग्रेसले राष्ट्रिय प्राथमिकता र आवश्यकताका आधारमा आयोजना छनोट र स्रोत सुनिश्चित गरिने जनाएको छ । पर्याप्त अध्ययन नभएका र नागरिकको आवश्यकतामा नपरेका टुक्रे आयोजना कार्यान्वयन नगर्ने कांग्रेसको प्रतिबद्धता छ ।

कांग्रेसले पूर्वाधार निर्माणमा खानेपानी, ढल, विद्युत्, दूरसञ्चार, इन्टरनेट, डीटीएच जस्ता सुविधाका लागि युटिलिटी करिडोर बनाउने प्रतिज्ञापत्रमा उल्लेख छ । विकास आयोजनाको काम तीन सिफ्टमा गर्ने पद्धतिलाई अगाडि बढाउने भएको छ ।

राजधानीसँग जोड्ने सबै राजमार्ग बाह्रैमास चल्ने बनाउने, काठमाडौँ–हेटौँडा सडकलाई एक वर्षभित्र स्तरोन्नति गर्ने, सबै प्रदेशका राजधानीलाई जोड्ने सडकको स्तरोन्नति गर्ने कांग्रेसको योजना छ ।

कांग्रेसले काठमाडौँ उपत्यकामा चल्ने नयाँ सार्वजनिक यातायातका साधन विद्युतीय बनाउने प्रतिज्ञा गरेको छ । टिकट तथा भाडामा हिस्सेदारी सहितको स्मार्ट ट्रान्जिट प्रणाली एक वर्षभित्र लागू गर्ने जनाएको छ ।

यस्तै, कांग्रेसले प्रदेश राजधानीसँगै केही सहरलाई सुविधायुक्त आधुनिकसशहरको रुपमा विकास गर्ने जनाएको छ। जसमा विर्तामोड, ईटहरी, धरान, वीरगञ्ज, भैरहवा, बुटवल, घोराही, कोहलपुर र कञ्चनपुर रहेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->