पोखरा/पोखरा १३ लामोडहरमा रहेको गण्डकी आदर्श एकेडेमीले आफ्नो २७ आँै वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । वार्षिकोत्सवको प्रमुख अअतिथि गण्डकी विश्वविद्यालयका उपकुलपति डा. कृष्णराज अधिकारी रहेका थिए ।
सो अवसरमा बोल्दै विद्यालयका अध्यक्ष खड्कबहादुर गुरुङले विद्यालयको शैक्षिक गुणस्तर सुधारमा शिक्षक, अभिभावक र विद्यार्थीको साथ र सहयोगको आवश्यकता रहेको बताए ।
प्रधानाध्यापक मञ्जु सापकोटाले विद्यालयको २७ वर्षे शैक्षिक यात्राले अनुशासन, गुणस्तरीय शिक्षा र जीवनोपयोगी सीपमा आधारित शिक्षालाई प्राथमिकतामा राख्दै आएको बताइन् ।
कार्यकारी निर्देशक कृष्णराज सापकोटाले बदलिँदो समयअनुसार प्रविधिमैत्री शिक्षण पद्धति अवलम्बन गर्दै विद्यार्थीको समग्र विकासमा जोड दिइएको उल्लेख गरे ।
कार्यक्रममा ग्लोबल कलिजियट प्राचार्य बाबुराम पन्तले शिक्षक, अभिभावक र विद्यालय प्रशासनबीचको सहकार्यलाई अझ सुदृढ बनाउनुपर्ने आवश्यकता औंल्याए ।
कार्यक्रममा अभिभावक सन्दीप पुन, हिसान कास्कीका अध्यक्ष दिवाकर जैसी, पोखरा पब्लिक स्कूलका अध्यक्ष कृष्ण केसी, ताराकुञ्ज स्कुलका प्रमुख रविमोहन बराल, शिक्षकहरु रुपिन्द्र प्रभावी, वर्षा गुरुङलगायतले मन्तव्य राखेका भाइस प्रिन्सिपल जीतबहादुर थापाले जानकारी दिए ।





