मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

पोखरा युनाइटेडको ३२ औँ वार्षिकोत्सव

पोखरा युनाइटेडको ३२ औँ वार्षिकोत्सव


  • ढोरपाटन संवाददाता
  • फाल्गुन ८ २०८२, शुक्रबार

पोखरा/पोखरा युनाइटेड एकेडेमीले आफ्नो ३२औँ वार्षिकोत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण समारोह सम्पन्न गरेको छ ।

दुई दिनसम्म सञ्चालन भएको कार्यक्रममा यसै शैक्षिक वर्षमा आयोजित खेलकुद प्रतियोगिताका विजयी विद्यार्थीहरूलाई पुरस्कार वितरण,गत वर्षको वार्षिक परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरूलाई शैक्षिक पुरस्कार प्रदान गर्नुका साथै विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई विशेष सम्मान गरिएको थियो ।

कार्यक्रमको विशेष आकर्षणका रूपमा कक्षा ४ देखि १२ सम्मका विद्यार्थीहरूले शैक्षिक प्रदर्शनी प्रस्तुत गरेका थिए । प्रत्येक कक्षाले आफ्नै स्टलमार्फत विद्यार्थीहरूले तयार पारेका सामग्रीहरू प्रदर्शनीमा राखेका थिए ।

कार्यक्रम राष्ट्रिय परीक्षा बोर्ड, गण्डकी प्रदेशका प्रमुख सुवास पन्तको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । सो अवसरमा बोल्दै प्रमुख अतिथि पन्तले विद्यालयको शैक्षिक गुणस्तर विगतका परीक्षाफलहरूले प्रमाणित गरेको बताए ।

अभिभावकको तर्फबाट मन्तव्य राख्दै नवराज बस्नेतले किताबी ज्ञानसँगै समयसापेक्ष तथा व्यवहारिक गतिविधिमा पनि सहभागिता जनाउने अवसर पाएकोमा खुसी व्यक्त गरे ।

विद्यालयका प्रधानाध्यापक बयानबहादुर गोदारले शैक्षिक गुणस्तरसँगै अतिरिक्त क्रियाकलापलाई पनि समान प्राथमिकता दिइएको बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिबहादुर भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य सहायक प्रधानाध्यापक गोविन्द चापागाईले राखेका थिए भने कार्यक्रम सञ्चालन विद्यार्थीहरू र विद्यालयका डिन फणिन्द्रराज पौडेलले संयुक्त रूपमा गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->