शुक्रबार, भाद्र ५ २०८३

शुक्रबार, भाद्र ५ २०८३
  • ५ भाद्र २०८३ , शुक्रबार
  • August 21 2026

स्याङ्जामा चार दलबीच प्रतिष्पर्धा, सबैको जित्ने दाबी

स्याङ्जामा चार दलबीच प्रतिष्पर्धा, सबैको जित्ने दाबी

निर्वाचनका लागि यहाँ दुई लाख ४८ हजार ८ सय १६ मतदाता रहेका छन् भने यो संख्या २०७९ को निर्वाचनको तुलनामा ४ हजार ७ सय २७ ले वृद्धि भएको हो ।


  • अर्जुन काफ्ले
  • फाल्गुन ९ २०८२, शनिबार

स्याङ्जा/फागुन २१ गतेको प्रतिनिधि सभा निव निर्वाचनमा स्याङ्जामा चार दलको कडा प्रतिस्प्र्धा हुने देखिएको छ । विगतमा एमाले, काग्रेस र अहिलको नेपाली कयुनिष्ट पार्टी बिच प्रतिस्पर्धा हुने गरेकोमा यो पटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रतिस्पर्धीमा थपिएको हो ।

दुई निर्वाचन क्षेत्र रहेको यहाँ ११ राजनीतिक दल र स्वतन्त्र सहित १२/१२ जना चुनाबी होडमा रहेका छन् । यहाँका दुबै क्षेत्रमा २०७४ मा माओबादीसँग मिलेर नेकपा एमाले र २०७९ मा नेपाली काग्रेसले जितेको थियो । विगतको मत परिणमा हेर्दा पनि यहाँ चारै दलको प्रतिस्पर्धा हुने देखिएको छ ।

२०७९ को प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ यहाँ क्षेत्र नं. १ मा नेपाली कांग्रेसका राजु थापाले ३१ हजार ९ सय ९९ र नारायण प्रसाद मरासिनीले २८ हजार ७४४ र बोधराज रेग्मीले छ हजार ६५ मत ल्याएका थिए । यस्तै समानुपातिकतर्फ एमालेले २६ हजार १२, कांग्रेसले २५ हजार ४ सय ३१, रास्वपाले ११ हजार २ सय ७६ र नेपाली कम्युनिष्ट पार्टीको चार हजार ३१ मत रहेको थियो ।

यस्तै क्षेत्र नं. २ मा नेपाली कांग्रेसका धनराज गुरुङले ३१ हजार ४ सय ६६, एमालेकी पद्मा कुमारी अर्यालले २५ हजार ८ सय ३९, रास्वपाका टिकराज गुरुङले आठ १ सय १३ मत ल्याएका थिए । यहाँ समानुपातिकतर्फ काग्रेसले २७ हजार ९ सय ९९, एमालेले २४ हजार ४ सय ७६, रास्वपाले १० हजार ९ सय ५० र नेपाली कम्युनिष्ट पार्टीले एक हजार ५ सय ४० मत ल्याएको थियो ।

यस्तै ११ पालिका रहेको यहाँ स्थानीय तहको निर्वाचन हेर्दा क्षेत्र नं. १ मा चार वटा गाउँपालिका एमाले र एक नगरपालिका र एक गाउँपालिका काग्रेसले जितेको छ । काग्रेसले जितेको भिरकोटका चार वडा र एमाले जितेका वालिङका दुई वटा यस क्षेत्रमा पर्दछन् ।

यस्तै क्षेत्र नंं २ मा तीन नगरपालिका कांग्रेस र एक नगर र एक गाउँपालिका एमालेले जितेका पालिका पर्दछन् । यहाँ मुख्य पतिस्पर्धीमा क्षेत्र नं. १ मा कांग्रेसका भरतराज ढकाल, एमालेबाट मिनप्रसाद गुरुङ, रास्वपाका डा. धनन्जय रेग्मी र नेकपाका शैलेन्द्र रेग्मी रहेका छन् भने क्षेत्र नं. २ मा कांग्रेसका भगवत प्रकाश मल्ल, एमालेका खिमबहादुर थापा, रास्वपाका झविलाल डुम्रे र नेकपाका पदम विक रहेका छन् ।

निर्वाचनमा यहाँका दुबै क्षेत्र चारै दलले आ–आफ्नो उम्मेदवारले जित्ने दाबी गरेका छन् ।

नेपाली कांग्रेसका सभापति राजु थापाले स्याङ्जामा कांग्रेसको बिरासत राम्रो रहेको र पार्टी क्रियाशिल सदस्य राम्रो भएकाले जित्ने दाबी गरे । उनले उम्मेदवार पनि राम्रो भएकाले जितलाई कसैले रोक्न नसक्ने दाबी गरे ।

यस्तै एमाले अध्यक्ष सुर्यप्रसाद गैरेले निर्वाचनमा एमाले जित्ने दाबी गरे । राम्रो संगठन तथा उम्मेदवार जनताको लागि काम गरेका भएकाले जित सुनिश्चित भएको दाबी गरे ।

रास्वपाका अध्यक्ष विश्वास भण्डारीेले ३० वर्षमा जनताले चाहेको व्यवस्था पाएको बताउँदै वास्तविक अवस्था परिवर्तन गर्न रास्वपाले जित्ने दाबी गरे । पछिल्लो जनलहर नै त्यसैको आधार भएको र कसैले जितलाई रोक्न नसक्ने बताए ।

यस्तै नेकपाका अध्यक्ष लोकेन्द्र थापाले आफ्ना उम्मेदारले जित्ने बताए । उनले जिल्लामा संगठन कमजोर भएपनि आफ्नो पार्टी सरकारमा हुँदा राम्रो काम गरेको र पछिल्लो क्रममा धेरै पार्टीसँग एकता भएकाले पनि जित्ने बताए । उनले रास्वपाले एमाले र कांग्रेसका भोट आफ्नो पक्षमा तान्दा आफुहरुलाई फाइदा हुने दाबी गरे ।

निर्वाचनका लागि यहाँ दुई लाख ४८ हजार ८ सय १६ मतदाता रहेका छन् भने यो संख्या २०७९ को निर्वाचनको तुलनामा ४ हजार ७ सय २७ ले वृद्धि भएको हो । क्षेत्र नं. १ मा १ लाख ३० हजार ८८६ र क्षेत्र नं. २ मा एक लाख १७ हजार ९३० मतदाता रहेका छन् ।

स्याङ्जामा १९९ मतदानस्थल र ३२२ मतदान केन्द्र तोकिएकोमा ५६ वटा मतदानस्थल अति संवेदनशील, ७१ वटा संवेदनशील र ७२ वटा सामान्य श्रेणीमा वर्गीकरण गरिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->