सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

धादिङमा दुर्घटना भएको बसमा ४५ यात्रु सवार थिए (अपडेट)

धादिङमा दुर्घटना भएको बसमा ४५ यात्रु सवार थिए (अपडेट)

बसमा पोखराबाट ४३ जना र मुग्लिनबाट २ जना चढेका थिए।


  • ढोरपाटन संवाददाता
  • फाल्गुन ११ २०८२, सोमबार

पोखरा / पोखराबाट काठमाडौं जाँदै गरेको बस त्रिशूली नदीमा खस्दा मृत्यु हुनेको संख्या १८ पुगेको छ। २५ जना घाइते भएका छन् । धादिङको बेनीघाट रोराङ गाउँपालिकाको चरौदी नजिकै रहेको चाइनाधाराबाट सोमबार बिहान करिब साढे १ बजेतिर ग २ ख १४२१ नम्बरको बस त्रिशूलीमा खसेको हो ।

जिल्ला ट्राफिक कार्यालय धादिङका प्रमुख शिशिर थापाका अनुसार घटनामा मृत्यु हुनेको संख्या १८ पुगेको छ । घाइते २५ लाई उपचारको लागि अस्पताल पठाइएको राजमार्ग उद्दार व्यवस्थापन समितिको अध्यक्ष राजकुमार ठकुरीले जानकारी दिए ।

माछापुच्छ्रे ट्राभल्सको उक्त बसमा ४५ यात्रु सवार रहेको खुलेको सशस्त्र प्रहरी बल नेपालका सह(प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए। बसमा पोखराबाट ४३ जना र मुग्लिनबाट २ जना चढेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->