सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

म्याग्दीमा मतदान अधिकृतहरुलाई अभिमुखीकरण

म्याग्दीमा मतदान अधिकृतहरुलाई अभिमुखीकरण


  • अमृत बास्कुने
  • फाल्गुन ११ २०८२, सोमबार

म्याग्दी/आसन्न निर्वाचनलाई सफल बनाउन केन्द्रीत हुन मुख्य निर्वाचन अधिकृत सुर्यबहादुर थापाले आग्रह गरेका छन् । हरेक व्यक्तिमा राजनैतिक आस्था र विचार हुने भएतापनि राजनैतिक आस्थाका जुत्ताचप्पलहरु बाहिरै राखेर तोकिएको काममा खट्न उनले आग्रह गरेका हुन् ।

प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा खटिने मतदान अधिकृत तथा सहायक मतदान अधिकृतहरुको अभिमुखिकरणमा सम्बोधन गर्दै थापाले सबैका नागरिक हैसियतका विचार हुनसक्ने भएपनि राजनैतिक विचारलाई बाहिरै राख्नु पर्ने बताए । उनले भने, ‘कसैका आस्थाका जुत्ताचप्पल तथा चश्माहरु भएमा यहींयतै छाडेर निर्वाचनमा लाग्नुस् र यसलाई शान्तिपूर्ण तबरले सम्पन्न गर्नुस् ।

प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्यले सुरक्षा व्यवस्था मजबुत बनाउन कुनै कसर बाँकी नराखिने बताए । उनले भने, ‘सुरक्षा घेराहरु छँदै छन्, त्यसभन्दा अरु मोबाइल टोली तथा स्ट्राइक टोली समेत छ ।’ कुनै पनि असहज भएमा तत्काल रेस्क्यु हुन्छ, सुरक्षा टोली पनि हुने भएकोले शान्तिपूर्ण र ढुक्क भएर निर्वाचन सम्पन्न गर्नका उनले आग्रह गरेका थिए ।

निर्वाचनका लागि एकिकृत सुरक्षा योजना बनाएर त्यसलाई कार्यान्वयनमा पनि लगिएको हुनाले सबैले निर्वाचन सम्पन्न गर्नुपर्ने जिम्मेवारीलाई मनन गर्न आग्रह गरेका थिए ।

जिल्ला निर्वाचन अधिकारी विमल गौतमले सञ्चालन गरेको उद्घाटन सत्रमा आचारसंहिता अनुगमन अधिकृत तथा कोष तथा लेखा नियन्त्रक रामनाथ शर्मा, जिल्ला सुरक्षा समितिका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो । निर्वाचनमा खट्ने मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुको तालिम सोमबार र मंगलबार चल्ने छ । दुई समूह बनाएर दुई दिन हुने तालिम तीन स्थानमा सञ्चालन हुने सहायक निर्वाचन अधिकृत जगत भण्डारीले जानकारी दिए ।

कुल ८६ हजार तीन सय ९७ मतदाता रहेको म्याग्दी जिल्लाको सबैभन्दा धेरै धवलागिरी माध्यमिक विद्यालय मतदान केन्द्र बेनी नगरपालिका ४ सिंगामा दुई हजार ६ सय १६ मतदाता रहेका छन् भने सबैभन्दा कम अन्नपूर्ण गाउँपालिका २ भूरुङ तातोपानीको सर्वोदय माध्यमिक विद्यालयमा दुई सय १० मतदाता रहेका छन् ।

जिल्ला कारागार शाखा बेनी र कर्मचारी मिलन केन्द्र बेनी गरी दुई वटा अस्थायी र १२० स्थायी मतदान केन्द्र निर्धारण गरिएको छ । ८२ मतदान स्थलमा एक सय २२ मतदान केन्द्र तोकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->