पोखरा/ सरकारले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा ३ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सिंहदरबारमा सिंहदरबारमा आज बसेको संघीय मन्त्रिपरिषद् बैठकले फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।
यसअघि निर्वाचन आयोगले ३ दिन बिदा दिन सरकारसमक्ष सिफारिश गरेको थियो । सोही सिफारिश अनुसार सरकारले विदा दिने निर्णय गरेको हो ।





