सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

सुरक्षा प्रबन्ध मिलाउन सरकारलाई निर्वाचन आयोगको सातबुँदे पत्र

सुरक्षा प्रबन्ध मिलाउन सरकारलाई निर्वाचन आयोगको सातबुँदे पत्र

सुरक्षा वस्तुस्थितिको आकलन तथा सुरक्षा व्यवस्थासम्बन्धी मार्गदर्शन तथा सिफारिस समेतका आधारमा आवश्यक व्यवस्था मिलाउन मन्त्रालयलाई पत्र पठाएको हो ।


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १३ २०८२, बुधबार

काठमाडौं / निर्वाचन आयोगले यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, विश्वसनीय तथा भयरहित वातावरणमा सम्पन्न गर्न सोहीअनुसारको व्यवस्था मिलाउन गृह मन्त्रालयलाई सातबुँदे पत्र पठाएको छ ।

उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकबाट निर्वाचन सुरक्षा योजनाको समीक्षा, सुरक्षा वस्तुस्थितिको आकलन तथा सुरक्षा व्यवस्थासम्बन्धी मार्गदर्शन तथा सिफारिस समेतका आधारमा आवश्यक व्यवस्था मिलाउन मन्त्रालयलाई पत्र पठाएको हो ।

आयोगले फागुन १८ गते राति १२ बजेदेखि लागु हुने निर्वाचन प्रचारप्रसार निषेध अवधिमा पालना गर्नुपर्ने निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न गराउन गृह मन्त्रालयले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायहरूलाई निर्देशन दिने जनाएको छ ।

साथै, जिल्ला आचारसंहिता अनुगमन समितिले तोकिएका व्यक्ति तथा संयन्त्रको परिचालन गरी निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २४ तथा निर्वाचन आचारसंहिता, २०८२ को दफा १७ र १८ बमोजिम निषेध गरिएका कार्यहरू हुन नदिने र कहीँ कतै भए गरेको पाइएमा प्रचलित कानुन बमोजिम तत्काल कारबाही गरी आयोगमा जानकारी गराउने निर्णय गरेको छ ।

मतदानको मितिभन्दा सात दिन अगाडिदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म मादक पदार्थ बिक्रीवितरण तथा सेवनमा प्रतिबन्ध लगाउने लगायतका निर्णय मन्त्रालयमा लेखी पठाउने जनाएको छ ।

1-1772028995.jpg

2-1772028994.jpg

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->