सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

शुक्रबार पोखरामा गगन–विश्व आउने

शुक्रबार पोखरामा गगन–विश्व आउने


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १४ २०८२, बिहिबार

पोखरा/नेपाली काँग्रेसले फागुन १५ गते शुक्रबार पोखराको अमरसिंह चौरमा चुनावी सभा गर्ने भएको छ । चुनावी सभामा कांग्रेस सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले सम्बोधन गर्ने कास्की काँग्रेसले बुधबार पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो ।

कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले कांग्रेस बदलिएको र गगन–विश्व पोखरा आउने भएको बताए् । यसपटक कांग्रेसले कास्कीका ३ वटै निर्वाचन क्षेत्रमा रुख चिन्ह लिएर चुनावमा होमिएको सुनाउँदै उम्मेदवारहरुलाई जिताउनका लागि पार्टी एक भएर लागेको समेत उनले सुनाए ।

बदलिएको सोँच, बदलिएको कांग्रेस अभियानलाई आत्मसात गर्दै ऐतिहासिक आमसभा गर्न लागेको बरालको भनाइ छ । अहिले कांग्रेस बदलिएको मार्गमा हिडिरहेको र कतिपय कुराहरुमा सुधार गर्नुपर्ने रहेकाले त्यसतर्फ समेत आफुहरु सचेत रहेको बताए ।

कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पार्टीको नेता भएको हिसाबले यो समयमा देउवाले सार्वजानिक अभिव्यक्तिहरु दिएको हेर्न चाहेको तर त्यो नदेखिदाँ केही चिसोपन भएपनि निर्वाचनका लागि सबै एकजुट भएर हिडिरहेको उनको भनाई थियो । उनले निर्वाचनका लागि देउवासमेत सकरात्मक भएको र चाडै नै कांग्रेसलाई जिताउनका लागि सार्वजानिक अभिव्यक्ति र भाषण दिनेमा आफु आशावादी रहेको समेत सुनाए ।

नेपाली काँग्रेसका महासमिति सदस्य दीपक गुरुङ माइलाले चुनावी सभा कास्कीले आयोजना गरेपनि समग्र गण्डकी प्रदेशभरका कांग्रेस उम्मेदवारहरुको परिचय दिनेगरि कार्यक्रम तय भएको बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->