बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

रामज्योति माध्यमिक विद्यालयको ४६ औं वार्षिकोत्सव

रामज्योति माध्यमिक विद्यालयको ४६ औं वार्षिकोत्सव


  • ढाेरपाटन संवाददाता
  • फाल्गुन १५ २०८२, शुक्रबार

पोखरा / पोखरा महानगरपालिका २६, सक्नेरीस्थित रामज्योति माध्यमिक विद्यालयको ४६ औं वार्षिकोत्सव अभिभावक दिवस एंवम पुरस्कार वितरण समारोह सम्पन्न भएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुल बहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको उद्घाटन शिक्षा महाशाखा पोखराका वरिष्ठ शिक्षा अधिकृत बद्रिनाथ सुवेदीले गरेका थिए । सुवेदीले शैक्षिक गुणस्तरमा विद्यालयले गरेको प्रगतिको प्रशंसा गरेका थिए ।

नेपाल सरकार सामाजिक विकास तथा खेलकुद मन्त्रालयका उपसचिव प्रकाश देवकोटा, पोखरा महानगरपालिका—२६ का वडाध्यक्ष नरेन्द्र थापा, लक्ष्मी आदर्श बहुमुखी क्याम्पस प्रमुख तारा देवी शर्मा, पूर्व स्रोतव्यक्ति हेमराज आचार्य, पूर्व वडा अध्यक्ष नारायण प्रसाद बराल, पूर्व विव्यस अध्यक्ष रंगनाथ तिमिल्सिना, रमेश रानाभाट, शिक्षक अभिभावक संघका पूर्व अध्यक्ष गिरिराज गौतम, पूर्व प्रधानाध्यापक सूर्यनाथ वराल, वडा शिक्षा समिति सदस्य रमेश भट्टराई, लेखनाथ खानेपानीका अध्यक्ष मुरारी शर्मा, लेखनाथ उद्योग वाणिज्य संघकी अध्यक्ष जानुका पराजुली, विद्यार्र्थी स्वेच्छा परियार, अभिषेक विक लगायतले बोलेका थिए ।

कार्यक्रम सञ्चालन शिक्षक गणेश प्रसाद अधिकारी, चित्र बहादुर खड्का र सम्झना आचार्यले गरेका थिए । विद्यालयका प्रअ गुमनाथ लामिछानेद्वारा आर्थिक वर्ष ०८१÷८२ को आर्थिक प्रतिवेदन र भावी योजना प्रस्तुत गरिएको थियो । विद्यार्थीले विविध साँस्कृतिक प्रस्तुतिहरु दिएका थिए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->