शुक्रबार, मंसिर ११ २०८३

शुक्रबार, मंसिर ११ २०८३
  • ११ मंसिर २०८३ , शुक्रबार
  • November 27 2026

तनहुँमा रवि लामिछानेलाई देखाईयो कालो झण्डा

तनहुँमा रवि लामिछानेलाई देखाईयो कालो झण्डा

उज्यालो नेपाल पार्टीका ७ जना कार्यकर्ता पक्राउ


  • ढाेरपाटन संवाददाता
  • फाल्गुन १५ २०८२, शुक्रबार

दमौली / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई तनहुँको दमौलीमा कालो झण्डा देखाइएको छ। शुक्रबार चितवनको कार्यक्रम सकेर दमौलीको कार्यक्रममा सहभागी हुन लामिछाने तनहुँ आईपुगेका थिए।

दमौली चुनावी कार्यक्रममा सहभागी हुन जाँदा उज्यालो नेपाल पार्टी (उनेपा)का कार्यकर्ताले लामिछानेलाई कालो झण्डा देखाएका हुन्।

लामिछानेलाई कालो झण्डा देखाउने उनेपाका सात कार्यकर्तालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय, तनहुँका प्रमुख प्रहरी उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए। ‘उज्यालो नेपाल पार्टीका सात जना कार्यकर्तालाई नियन्त्रणमा लिएका छौँ, यसबारे प्रमुख जिल्ला अधिकारीज्यूसँग छलफल भइरहेको छ,’ कार्कीले भने।

प्रहरीले उनीहरूलाई निर्वाचन आचारसंहिता उल्लंघनको आरोपमा पक्राउ गरेको हो। यसमा कारबाही गर्न निर्वाचन आयोगलाई नै जिम्मा लगाइने उनले बताए।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->