सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

बोलिभियामा विमान दुर्घटना, १५ जनाको मृत्यु, ३० घाइते

बोलिभियामा विमान दुर्घटना, १५ जनाको मृत्यु, ३० घाइते

खराब मौसममा अवतरण गरेपछि विमान धावनमार्गबाट ​​चिप्लिएर नजिकैको व्यस्त सडकमा पुगेको हो।


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १६ २०८२, शनिबार

काडमाडौं / शनिबार बिहान (नेपाली समयअनुसार) बोलिभियाको एल अल्टो सहरमा वायुसेनाको हर्कुलस विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ भने ३० जनाभन्दा बढी घाइते भएका छन्।

रोयटर्सका अनुसार, खराब मौसममा अवतरण गरेपछि विमान धावनमार्गबाट ​​चिप्लिएर नजिकैको व्यस्त सडकमा पुगेको हो। जसका कारण विमान सडकमा पार्क गरिएका दशदेखि पन्ध्रसम्म सवारीसाधनमा ठोकिन पुग्यो।

विमानको भग्नावशेष, क्षतिग्रस्त कार र शवहरू सडकमा छरिएका थिए। उक्त विमानले देशको केन्द्रीय बैंकबाट नयाँ नोट लिएर आएको थियो। दुर्घटनापछि विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->