सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

इरानले भन्यो: राष्ट्रपति सुरक्षित छन्, सेना प्रमुख मारिएको कुरा गलत

इरानले भन्यो: राष्ट्रपति सुरक्षित छन्, सेना प्रमुख मारिएको कुरा गलत

इरानका राष्ट्रपतिका छोरा युसुफ पेजेस्कियाले टेलिग्राममा लेखेका छन्, ‘यसपटक हत्या प्रयास असफल भयो।’ 


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १६ २०८२, शनिबार

काठमाडौं / इरानको राज्य सञ्चालित मिडियाले इजरायल-मेरिकाको आक्रमणमा इरानका वरिष्ठ राजनीतिक अधिकारी र सेना प्रमुख मारिएको दाबी गरिएका रिपोर्ट खारेज गरेको छ।

इरानका राष्ट्रपति मसुद पेजेस्कियानका कार्यकारी उपमोहम्मद जाफर केम्पानियाहले एक्समार्फत राष्ट्रपति सुरक्षित रहेको बताएका छन्।

इरानका राष्ट्रपतिका छोरा युसुफ पेजेस्कियाले टेलिग्राममा लेखेका छन्, ‘यसपटक हत्या प्रयास असफल भयो।’  इरानी सेनाले आफ्नो कमान्डर मेजर जनरल अमिर हतामीको मृत्यु भएको खबर अस्वीकार गरेको छ।

साथै फार्स समाचार एजेन्सीले संसद्‌का सभामुख मोहम्मद बाघेर गालिबाफ र सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद् (एसएनएससी) का प्रमुख अली लारिजानीलाई केही नभएको रिपोर्ट गरेको छ।

इजरायल रक्षा बल (आईडीएफ) ले इरानमा गरिएको हवाई हमलाले वरिष्ठ नेता र सुरक्षा अधिकारी भेला भएका स्थानलाई निसाना बनाएको बताएको छ।

यसैबिच, स्रोतलाई उद्धृत गर्दै रोयटर्सले आक्रमणमा इरानका रक्षामन्त्री अमिर नासिरजादेह र रिभोलुसनरी गार्ड्स (आईआरजीसी) का कमान्डर मोहम्मद पाकपुर मारिएको दाबी गरेको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->