सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

म्याग्दीमा मदिरा बिक्री तथा प्रयोगमा रोक

म्याग्दीमा मदिरा बिक्री तथा प्रयोगमा रोक


  • अमृत बास्कुने
  • फाल्गुन १७ २०८२, आइतबार
CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 82

म्याग्दी/निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै म्याग्दीमा निर्वाचनको अन्तिम परिणाम सार्वजनिक नहुँदा सम्म मदिराजन्य पदार्थको बिक्री तथा प्रयोगमा प्रशासनले रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीले फागुन १५ गतेदेखि अन्तिम नतिजा सार्वजनिक नहुदाँसम्म जिल्लाभित्र मदिराजन्य पदार्थको बिक्री–वितरण तथा सेवन गर्न रोक लगाएको हो ।

निर्वाचन आचार संहिता अनुगमन अधिकारी एवम् सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यले प्रशासनको सूचना अवज्ञा गरी मदिरा विक्री वितरण वा सेवन गरेको पाइएमा प्रचलित कानून बमोजीम कारबाही गरिने बताए ।

एउटा निर्वाचन क्षेत्र र ६ वटा स्थानीय तहमा ४५ वटा वडा रहेको म्याग्दीमा अन्य एक जना, महिला ४४ हजार ६४ र पुरुष ४२ हजार ३ सय ३२ गरी कुल ८६ हजार ३ सय ९७ मतदाता कायम भएका छन् ८२ वटा मतदानस्थल रहेको म्याग्दीमा २ अस्थायीसहित १ सय २२ मतदान केन्द्र कायम गरिएको छ । एक जना स्वतन्त्र उम्मेदवार सहित १२ जना उम्मेदवारहरु चुनावी मैदानमा रहेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->