सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

बेनी बजारमा सरसफाइ गर्दै, भोट माग्दै

बेनी बजारमा सरसफाइ गर्दै, भोट माग्दै


  • अमृत बास्कुने
  • फाल्गुन १७ २०८२, आइतबार

म्याग्दी/स्वतन्त्र उम्मेदवार महाविर पुनको चुनाव प्रचारका लागि आइतबार बेनी बजारमा सरसफाइ गरिएको छ । म्याग्दीबाट उम्मेदवार रहेका १२ मध्ये एक जना मात्रै स्वतन्त्र उम्मेदवार छन् ।

‘एक भोट त्रिभुजलाई बाँककी सबै अरुलाई’ भन्ने नारासहित निस्केको समूहले बेनी बजारको वीरेन्द्र चोकदेखि शुरु गरेर बेनी बजार क्षेत्र सरसफाइ गरेको हो । चुनावचिन्ह अंकित ब्यानर तथा टोपी लगाएका टोली बजार क्षेत्र सरसफाइ गर्दै कुशासन, भ्रष्टाचार, भ्रमको खेतीविरुद्ध महाविरलाई मतदान गर्नुपर्ने नारा लगाएका थिए ।

एक निर्वाचन क्षेत्र र ६ स्थानीय तहमा ४५ वटा वडा रहेको म्याग्दीमा अन्य एक जना, महिला ४४ हजार ६४ र पुरुष ४२ हजार ३ सय ३२ गरी कुल ८६ हजार ३ सय ९७ मतदाता कायम भएका छन् ।

निर्वाचनमा ८२ वटा मतदानस्थल रहेको म्याग्दीमा २ अस्थायीसहित १ सय २२ मतदान केन्द्र कायम गरिएको छ । एक जना स्वतन्त्र उम्मेदवारसहित १२ जना उम्मेदवारहरु चुनावी मैदानमा रहेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->