सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

इरानको हमलामा परी युएईमा एक नेपालीको मृत्यु

इरानको हमलामा परी युएईमा एक नेपालीको मृत्यु

युएईको रक्षा मन्त्रालयका अनुसार इरानले युएईमा १६५ वटा ब्यालिस्टिक मिसाइल प्रहार गरेको थियो। तीमध्ये १५२ वटा नष्ट गरिएको र १३ वटा समुद्रमा खसेका छन्।


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १७ २०८२, आइतबार

काठमाडौं/ इरानको आक्रमणमा परी युएईमा एक जना नेपाली नागरिकको मृत्यु भएको छ। युएईको रक्षा मन्त्रालयले सामाजिक सञ्जाल एक्समार्फत मिसाइल आक्रमणबाट तीन जनाको मृत्यु भएको पुष्टि गरेको हो। जसमध्ये एक जना नेपाली नागरिक रहेको उल्लेख छ।

अर्का एक जना बंगलादेशी र पाकिस्तानी नागरिक छन्। मन्त्रालयले मृतकको पहिचान खुलाएको छैन। अरू ५८ जना सामान्य घाइते समेत रहेको मन्त्रालयले उल्लेख गरेको छ।

युएईमा नेपाली नागरिकको मृत्यु भएको विषयमा आफूहरुले पनि संचारमाध्यमबाट खबर प्राप्त गरेको परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले जानकारी दिए।

‘हामीले पनि समाचारहरूमार्फत यसको सूचना पाएपछि दूतावासमा यसको वास्तविकताबारे बुझ्न भनेका छौं,’ उनले भने। अमेरिकाले इरानमा हमला गरेपछि इरानले मध्यपूर्वमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई निशाना बनाएको छ।

युएईको रक्षा मन्त्रालयका अनुसार आक्रमण सुरू भएयता इरानले युएईमा १६५ वटा ब्यालिस्टिक मिसाइल प्रहार गरेको थियो। तीमध्ये १५२ वटा नष्ट गरिएको र १३ वटा समुद्रमा खसेका छन्।

दोस्रो दिन बिहान मात्रै २० वटा ब्यालिस्टिक मिसाइल खसालिएको र आठ वटा समुद्रमा खसेको जनाइएको छ। यसैगरी दुई वटा क्रुज मिसाइललाई पनि युएईको प्रतिरक्षा प्रणालीले नष्ट गरिएको रक्षा मन्त्रालयले जनाएको छ।

आक्रमण सुरू भएयता इरानले कुल ५४१ वटा ड्रोन हमला गरेको थियो। तीमध्ये ५०६ वटा ध्वस्त पारिएको र ३५ वटा देशभित्र खस्दा भौतिक क्षति पुगेको मन्त्रालयले जनाएको छ।

२१ वटा ड्रोनले सर्वसाधारणका संरचनामा प्रहार गरेको उल्लेख गरिएको छ। घटनामा विभिन्न देशका नागरिक गरी ५८ जना सामान्य घाइते भएका छन्।

घाइतेमध्ये इमिरेट्स, इजिप्ट, इथियोपिया, फिलिपिन्स, पाकिस्तान, इरान, भारत, बंगलादेश, श्रीलंका, अजरबैजान, यमन, युगान्डा, एरिट्रिया, लेबनान र अफगानिस्तानका नागरिक रहेका छन्।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->