सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

नयाँ मतदाता र युवाको प्रवेशले मतदान प्रतिशन बढ्छ: निर्वाचन आयोग

नयाँ मतदाता र युवाको प्रवेशले मतदान प्रतिशन बढ्छ: निर्वाचन आयोग

२०७९ सालको प्रतिनिधि सभाको निर्वाचनमा ६१.६३ प्रतिशत मतदान भएको थियो। त्यसमध्ये ५.१६ प्रतिशत मत बदर भएको थियो।


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २० २०८२, बुधबार

काठमाडौं / प्रतिनिधि सभाको निर्वाचनमा मत प्रतिशत बढ्ने निर्वाचन आयोगको आकलन छ। निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले विगतको तुलनामा यस पटक मत प्रतिशत बढ्ने अनुमान रहेको बताए।

बुधवार आयोजित पत्रकार सम्मेलनका क्रममा सञ्चारकर्मीले सोधेको एक प्रश्नको जवाफमा भण्डारीले दुई कारणले मत प्रतिशत बढ्ने जिकिर गरे। पहिलो, नयाँ मतदाता र युवाको प्रवेश बढेको छ। यसले मतदान प्रतिशत बढ्ने आकलन रहेको उनको भनाइ छ।

दोस्रो, मतदातामा उत्साह देखिएको उनले बताए। देशभर मतदातामा उत्साह देखिएकाले मत प्रतिशत बढ्ने अनुमान गरिएको उनको भनाइ छ। २०७९ सालको प्रतिनिधि सभाको निर्वाचनमा ६१.६३ प्रतिशत मतदान भएको थियो। त्यसमध्ये ५.१६ प्रतिशत मत बदर भएको थियो।

यस पटक बदर मत पनि घट्ने आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीको अनुमान छ। निर्वाचना शिक्षा कार्यक्रम प्रभावकारी रुपमा चलाइएकाले बदर प्रतिशत घट्ने उनको भनाइ छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->