म्याग्दी / म्याग्दीको मालिका गाउँपालिका–३, डाँडागाउँमा रहेको अमरज्योति मावि मतदानस्थलनजिक भीषण आगलागी भएको छ । बुधबार (फागुन २०) राति साढे ९ बजे विद्यालयनजिक आगलागी भएको हो ।
आगलागीबाट विद्यालय जोगाउन सुरक्षा निकाय, मतदानस्थलमा खटिएका कर्मचारी परिचालन गरी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाले बताए । “आगलागी छ, विद्यालयतर्फ आउन नदिने गरी उपलब्ध साधनस्रोतको प्रयोग भइरहेको छ,” प्रनाउ थापाले भने ।
आगलागीका कारण निर्वाचन सामग्री नष्ट नहोस् भनेर सुरक्षित स्थानमा राखिएको छ भने मतदानस्थलमा खटिएका कर्मचारीहरू खुल्ला स्थानमा बसेका छन् । यस मतदान केन्द्रमा १३ सय ९१ मतदाता रहेका छन् ।





