बागलुङ / प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज बिहान ७ बजेदेखि बागलुङका सवै मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान सुरु भएको छ।
बागलुङ निर्वाचन क्षेत्र नं. १ मा नेकपा एमालेका उमेदवार हिरा बहादुर केसीले आफ्नै जन्मस्थान काठेखोला-३ धम्जास्थित लक्ष्मी मावि केन्द्रबाट पहिलो मतदान गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवार सुशिल खड्काले बागलुङ नगरपालिका-३ स्थित कालिका कन्या मावि केन्द्रबाट पहिलो मत राखेका छन् । राष्ट्रिय जनमोर्चाका उम्मेदवार कृष्ण प्रसाद अधिकारीले बानपा-१२ स्थित पृथ्वी हिरण्य मावि केन्द्रबाट मतदान गरेका छन् । 
निर्वाचन क्षेत्र नं. २ मा नेकपा र राजमोका साझा वाम उम्मेदवार ज्ञामनाथ गैरे ‘अनिल’ ले गलकोट नगरपालिका ६ चरौदी स्थित पार्वती माध्यमिक विद्यालयमा रहेको केन्द्रमा पहिलो भोट खसालेका छन् । यी ४ जना उमेदवारले आआफ्नो जन्मस्थानमा रहेको मतदान केन्द्रबाट मतदान गरेका हुन् । 
तस्वीरः ढोरपाटन सहकर्मी





