सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

म्याग्दीमा शान्तिपूर्ण मतदान

म्याग्दीमा शान्तिपूर्ण मतदान


  • अमृत बास्कुने
  • फाल्गुन २१ २०८२, बिहिबार
???????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????

म्याग्दी/जिल्लाका सबै मतदान केन्द्रमा शान्तिपूर्ण तबरले मतदान शुरु भएको छ । फागुन १५ र १६ गते नियुक्ती पत्र बुझ्नुका साथै फागुन १८ गते निर्वाचन सामग्री बुझेर मतदान स्थल पुगेका निर्वाचन कर्मचारीहरुले आज बिहान ७ बजेदेखि मतदानको काम शुरु गराएका हुन् ।

जिल्लामा दुई अस्थायीसहित कुल ८२ मतदान स्थलमा दुई अस्थायी सहित एक सय २२ मतदान केन्द्र रहेका छन् । मुख्य निर्वाचन अधिकृत सुर्यबहादुर थापाका अनुसार, जिल्लाका सबै मतथान स्थलमा कर्मचारीले सर्बदलिय बैठक गरेर मतदान शुरु गरिएको हो ।

मतदान पछि ढुवानी र गणनाका लागि पनि तयारी गरीएको छ । जिल्ला समन्वय समिति म्याग्दीको सभाहलमा मतपेटीका भण्डारण र गणनाका लागि तयारी थालिएको छ । तारवार सहितको मतगणना स्थल निर्माण गरि सकीएको मुख्य निर्वाचन अधिकृत थापाले जानकारी दिए ।

एउटा निर्वाचन क्षेत्र रहेको म्याग्दी जिल्लामा ६ वटा स्थानीय तहमा ४५ वटा वडा छन् । म्याग्दीमा अन्य एक जना, महिला ४४ हजार ६४ र पुरुष ४२ हजार ३ सय ३२ गरी कुल ८६ हजार ३ सय ९७ मतदाता कायम भएका छन् । रहेका छन् । निर्वाचनका लागि जिल्लामा ८२ वटा मतदानस्थल रहेको म्याग्दीमा २ अस्थायी सहित १ सय २२ मतदान केन्द्र कायम गरिएको छ । एक जना स्वतन्त्र उम्मेदवारसहित १२ जना उम्मेदवारहरु चुनावी मैदानमा रहेका छन् ।

म्याग्दी जिल्लामा बेनी नगरपालिका २ खबरा स्थीत कारागारमा रहेका कैदीबन्दी, बेनी नगरपालिका ९ गलेश्वर स्थित जेष्ठ नागरिक आश्रममा रहेका जेष्ठ नागरिकहरु तथा सरकारी कर्मचारीहरु गरी एक हजार आठ सय ५८ जना अस्थायी मतदाता रहेका छन् ।

प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा समानुपातिक निर्वाचन प्रणालितर्फ मतदान गर्ने प्रयोजनका लागि आयोगबाट स्वीकृत कार्यक्रम र जिल्ला अस्थायी मतदाता नामावी संकलन तथा व्यवस्थापन समितिको निर्णय अनुसार उक्त संख्यामा मतदाता कायम भएका थिए ।

त्यसैगरी अस्थायी मतदान केन्द्र सिफारिस समितिको सिफारिसमा निर्वाचन आयोगले गरेको निर्णय बमोजिम २ वटा अस्थायी मतदान केन्द्र निर्धारण भएको जिल्ला निर्वाचन अधिकृत बिमल प्रसाद गौतमले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->